दोहामा भीषण विष्फोट, १३ जनाको ज्यान गयो, नेपाली कामदार पनि घाइते
काठमाण्डौ । कतारको एक ग्यास प्लान्टमा भएको शक्तिशाली विष्फोटमा १३ जनाको ज्यान गएको छ भने ६६ जना घाइते भएका छन्। घाइतेमध्ये नेपालीसहित घाना, केन्या, नाइजेरिया, भारत, कतार, पाकिस्तान र बंगलादेशका कामदारहरू रहेका छन्।

