दि निलय होटल्सको आईपीओ निष्कासन गर्ने तयारी
काठमाण्डौ । दि निलय होटल्स लिमिटेड ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको हो।फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले चैत १३ गते बिहान ११ बजे धादिङको थाक्रे गाउँपालिकास्थित कम्पनीको होटल कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको जनाएको छ।

