निर्यात हालसम्मकै उच्च, संरचनागत कमजोरी यथावत्, व्यापार सन्तुलनमा चुनौती
काठमाण्डौ । चालू आर्थिक वर्षको ११ महिनामा नेपालले २ खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ, जुन हालसम्मकै उच्च स्तर हो।भन्सार विभागका अनुसार निर्यात वृद्धि भएसँगै कुल वैदेशिक व्यापार पनि २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।

