शनिबार, माघ १७,२०८२ 03:24:24
Bizshala
  • शनिबार, माघ १७,२०८२ 03:24:24
Bizshala
Global IME Bank Limited
Bizshala

नेप्सेमा तयार भएको ‘बुल’ ६ महिनादेखि अलपत्र, अख्तियारमा पर्यो उजूरी

नेप्सेमा तयार भएको ‘बुल’ ६ महिनादेखि अलपत्र, अख्तियारमा पर्यो उजूरी
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा तयार भएको बुलको प्रतिमा ६ महिनादेखि अलपत्र परेको छ । गत भदौमा नै तयार भएको नेप्से बुलको हालसम्म पनि उद्घाटन हुन सकेको छैन । स्रोतले दिएको जानकारी अनुसार बुल निर्माणका क्रममा अनियमितताको आरोपमा अख्तियारमा उजूरी पर पछि नेप्से बुलको उद्घाटन अलपत्र परेको हो ।  

पछिल्लोपटक लगानीकर्ताहरुले नेप्सेको प्राङ्गणमा बनेको बुललाई बाच्छो भनेर टिप्पणी गरेपछि नेप्सेले बुलमा जुरो हाल्ने काम गरेको थियो । यहि बीचमा अख्तियारमा उजूरी परेपछि नेप्से प्राङ्गणमा तयार भएको नेप्से ब्ुल अब तत्कालै उद्घाटन हनु नसक्ने देखिएको छ । तर नेप्सेका अधिकारीले भने ठेकेदारले काम नसकेको भन्दै उद्घाटनमा ढिला भएको बताउँदै आएका छन् ।  

Bizshala
Garima Development Bank
New Office

विश्वका प्रायःजसो स्टक मार्केटमा बुलको प्रतिमा राखिएको हुन्छ । अमेरिकाको न्यूयोर्कमा सन् १९८९ मा बुलको प्रतिमा राखिएको थियो । त्यहाँस्थित आरटुरो डी मोडिका नाम गरेका कालिगढले बुलको प्रतिमा राखेका थिए । जुन ठाउँ अहिले पर्यटकको आकर्षक गन्तव्य बनेको छ । अमेरिकामा सन् १९८७ को वियर मार्केट पछि बुलको प्रतिमा राखिएको थियो ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

नेपालमा पनि लगानीकर्ताहरुको लामो समयको माग पछि नेप्सेको प्राङ्गणमा बुलको प्रतिमा राखिएको हो । तर यो बुल भने तयार भएको लामो समयसम्म पनि उद्घाट्न हुन सकेको छैन ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.