शनिबार, बैशाख १९,२०८३ 04:21:28
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 04:21:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सन् २०२४ मा विश्वभर स्मार्टफोनको क्रेज, कुन सबैभन्दा धेरै बिक्री भए ?

Bizshala
सन् २०२४ मा विश्वभर स्मार्टफोनको क्रेज, कुन सबैभन्दा धेरै बिक्री भए ?
Shivam Cement

काठमाण्डौ । सन् २०२४ मा विश्वभर विभिन्न कम्पनीका नयाँ स्मार्टफोन बजारमा आयो । यो वर्ष प्रविधि क्षेत्रका लागि चर्चामा रह्यो ।  

यो वर्ष दक्षिण कोरियाली कम्पनी सामसुङको स्मार्टफोन सबैभन्दा धेरै बिक्री भएको छ । यो वर्ष सामसुङ १९ प्रतिशत सिपमेन्टका साथ विश्वको शीर्ष स्मार्टफोन निर्माता कम्पनीको रुपमा रहेको छ ।  

काउन्टरपार्ट रिसर्चका अनुसार सामसुङले यो वर्ष ५७.५ लाख युनिट स्मार्टफोन बिक्री गरेको छ ।  

दोस्रो स्थानमा भने आईफोन निर्माता कम्पनी एप्पल रहेको छ । यो वर्ष एप्पलले ५४.४ लाख युनिट स्मार्टफोन बिक्री गर्न सफल भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

तेस्रो स्थानमा चिनियाँ कम्पनी साओमी रहेको छ । जसले एक वर्षको अवधिमा ४२.८ लाख स्मर्टफोन बिक्री गरेको छ । २८.६ लाख युनिट फोन बिक्री गर्दै ओप्पो चौथो स्थानमा रहेको छ ।  

अर्को चिनियाँ कम्पनी भिभो पाचाँै स्थानमा रहेको छ । भिभोले सन् २०२४ मा २७.२ लाख युनिट स्मार्टफोन बिक्री गरेको छ ।  

यो डेटा सन् २०२४ को तेस्रो त्रैमाससम्मको रहेको काउन्टरपार्टले जनाएको छ ।  

सन् २०२३ को तेस्रो त्रैमासदेखि लिएर २०२४ को तेस्रो त्रैमाससम्म एप्पलको आईफोन शीर्ष स्थानमा रहेको छ । यो अवधिमा आईफोन१४, आईफोन १५ प्रो म्याक्स र आईफोन १५ शीर्ष स्थानमा रहे । दोस्रो र तेस्रो स्थानमा पनि आईफोन कै मोडल रहेका छन् ।  

CG Motors
Garima Development Bank
IME remit

एप्पलपश्चात भने सामसुङका स्मार्टफोनको दबदबा रहेको छ । यसमा ग्यालेक्सी ए१५, ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी ए५४ र ग्यालेक्सी ए१४ जस्ता स्मार्टफोन रहेका छन् ।  

देशको आधारमा हेर्दा यो अवधिमा चीनमा सबैभन्दा धेरै स्मार्टफोन बिक्री भएको छ । विश्व स्मार्टफोन बजारमा चीनको हिस्सा २२ प्रतिशत रहेको छ । यस्तै भारतको हिस्सा १५.५ प्रतिशत र अमेरिकाको १२ प्रतिशत रहेको छ ।      

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.