शनिबार, माघ १७,२०८२ 03:23:04
Bizshala
  • शनिबार, माघ १७,२०८२ 03:23:04
Bizshala
Global IME Bank Limited
Bizshala

नेप्सेमा ६ बजेसम्म फूल लिएर बसे कर्मचारी, ओइलायो फूल तर आएनन् सीइओ !

नेप्सेमा ६ बजेसम्म फूल लिएर बसे कर्मचारी, ओइलायो फूल तर आएनन् सीइओ !
Shivam Cement

काठमाण्डौ। अहिले पूँजीबजारमा नेप्सेको सीईओ नियुक्तिको विषय चर्चामा रहेको छ । गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको नियुक्ति गरेको समचार आएपछि नेप्सेमा पनि यस विषयले दिनभर चर्चा पायो ।  

मंगलबार बिहानै नेपाल स्टक एक्सचेञ्जको गाडी नयाँ सीईओ लिन अर्थमन्त्रालय पुगेको थियो । नयाँ सीईओ आउने भनेपछि नेप्सेका कर्मचारीहरु स्वागतका लागि दिनभर जसो फूल लिएर बसे । तर बेलुका गाडी रित्तै फर्केपछि कर्मचारी जिल्ल परे । नेप्सेका एक कर्मचारीले भने ‘ दिनभर फूल लिएर बस्यो, फूल ओईलायो तर नयाँ सीईओ भने आएनन् ’।  

Bizshala
Garima Development Bank
New Office

स्रोतले दिएको जानकारीअनुसार उता चर्चामा रहेका नारद लुइँटेल पनि मंगलबार बिहानै अर्थ मन्त्रालयमा पुगेका थिए । उनी दिनभर जसो अर्थ मन्त्रालयमा तनाबपूर्ण अवस्थामा बसेको स्रोतले बतायो । स्रोतका अनुसार उनले केही समय अर्थमन्त्रीलाई पनि भेटेका थिए । अर्थमन्त्रीसँग के विषयमा छलफल भयो भन्ने विषय भन्ने कुरा बाहिर आएको छैन ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

पछिल्लो पटक नेप्सेको सीईओ नियुक्तिको विषय निकै पेचिलो बन्दै गएको छ । नेप्सेको सीईओ बनाउन विभिन्न शक्ति केन्द्र सिधै प्रधानमन्त्री कार्यलय पुगेको स्रोतले बतायो । स्रोतका अनुसार नेप्सको सीईओको लागि पनि ठूलै चलखेल सूरु भएको हुन सक्ने बजारमा चर्चा चलको छ ।

नेप्सेको सीईओ सिफारिस समितिले चुडामणी चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल गरी ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । उनीहरुलाई व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि चैत ६ गते बोलाइएको थियो ।  

अन्तर्वार्तापश्चात मन्त्रीपरिषदमा ३ जनाको नाम सिफारिस गर्नु पर्नेमा कस–कसको नाम सिफारिस भयो भन्ने बारे केही पनि जानकारी बाहिरिएको छैन ।   

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.