शुक्रबार, असार ६,२०८२ 07:39:03
  • शुक्रबार, असार ६,२०८२ 07:39:03
Global IME Bank Limited

राप्ती हाईड्रोको ३८.३२ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने

Hyundai Nepal
राप्ती हाईड्रोको ३८.३२ लाख कित्ता सेयरको लक इन अवधि साउनमा समाप्त हुने
Nabil Bank Limited

काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलेको लक इन समयावधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ३८ लाख ३२ हजार ६८६ कित्ता सेयरको लक इन अवधि साउन ८ गते समाप्त हुन लागेको हो ।  

कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  

CG Motors
Muktinath Bikas Bank Limited

लक इन अवधि खुल्न लागेको कुल सेयरमा ३१ लाख ८६ हजार ५२८ सय कित्ता संस्थापक सेयर, आयोजना क्षेत्रका स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको ५ लाख ७५ हजार १७० सय कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ७० हजार ९८८ कित्ता रहेको छ ।  

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिमा यस्ता सेयरहरु बिक्री गर्न नपाइने व्यवस्था रहेको छ । कम्पनीले संस्थापक , आयोजना प्रभावित क्षेत्रका बासिन्दाका, कर्मचारी र सर्वसाधारणका लागि जारी सेयर २०७९ साउन ९ गते बाँडफाँड गरेको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.