शनिबार, बैशाख १९,२०८३ 06:03:47
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 06:03:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एक बोरा नोट लग्दा एक थैलो सामान,एक वर्षमा ४ गुणाले घटिसक्यो मुद्रा,कुन देशको बन्यो यस्तो नाजुक अवस्था ?

Bizshala
एक बोरा नोट लग्दा एक थैलो सामान,एक वर्षमा ४ गुणाले घटिसक्यो मुद्रा,कुन देशको बन्यो यस्तो नाजुक अवस्था ?
Shivam Cement

काठमाण्डौ । कुनैबेला अर्जेन्टीना विश्वको धनी देशहरुको सूचीमा पर्ने गर्थ्यो । यो देशको सम्पन्नता त्यसबेला प्रचलनमा रहेको भनाई,‘ य्याज रिच य्याज अर्जेन्टीना’बाट अनुमान लगाउन सकिन्छ । १९ औं शताब्दीको अन्त्य र २० औं शाताब्दीको सुरुवात सम्पूर्ण युरोपबाट मानिसहरु अर्जेन्टीना आएका थिए ।  

तर अहिले अर्टेन्टीनाको अवस्था यहाँसम्म खराब भईसक्यो कि एक बोरा पैसा लगेर जादा पनि एक थैलो सामान आउँदैन । अहिले विश्वको सबैभन्दा धेरै गरिबी यहि देशमा व्याप्त छ । अर्जेन्टीनमा महंगाईदर २७६ प्रतिशत छ । यहाँको मुद्राको मूल्य अमेरिकी डलरको तुलनामा गत एक वर्षको अवधिमा ४ गुणाभन्दा धेरैले घटिसकेको छ ।  

अहिले एक अमेरिकी डलरको मूल्य ८५० पेसो(अर्जेन्टीनाको मुद्रा)बराबर छ । अर्जेन्टीनासँग नगद मौज्जाद छैन । सरकारमाथि कर्जाको भारी र यहाँको करीब ४० प्रतिशत जनसंख्या गरिबीको रेखामुनी छन् ।  

जेभिएर मिलेईको नेतृत्वको सरकारले गत वर्ष देशको बागडोर आफ्नो हातमा लिएको थियो । सरकार गठनको केहि दिनपछि देशको लामो समयदेखिको आर्थिक समस्यालाई समाधान गरिने घोषणा गरिएको थियो । देशका वित्तमन्त्री लुईले स्वदेशी मुद्राको ५० प्रतिशतभन्दा धेरै अवमूल्यन हुने बताएका थिए । यसबाट एक डलरको मूल्य एकै झट्कामा ८०० पेसोभन्दा अधिक भयो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

मिलेईले चुनावी दौडका बेला देशलाई आर्थिक संकटबाट बाहिर निकाल्नका लागि केहि कडा कदमहरु उठाउनुपर्ने बताएका थिए । र यसको सुरुवात पेसोको अवमूल्यनबाट हुने उनले बताएका थिए । यसका साथै उनले सरकारी खर्चमा भारी कटौती गर्ने घोषणा गरेका थिए । यसमा इन्धन र यातायात छुट अन्त्य गर्ने विषयहरु समावेश थिए ।  

तर यी उपायहरुका बाबजुत पनि अर्जेन्टीनाको महंगी र मुद्रोको गिरावटमा जारी नै रहेको छ । देशको महंगी २७६ प्रतिशत पुगिसकेको छ । जुन गत वर्ष १५० प्रतिशत थियो । सन् २०१९ मा अर्जेन्टीनाले आफ्नो मुद्रालाई कडाईका साथ नियन्त्रण गर्दै यसलाई कृत्रिम रुपमा बलियो बनाई राखेको थियो । यसबाट अनौपचारिक मुद्रा बजारमा अमेरिकी डलरको माग बढ्यो र पेसो आधिकारीक स्तरबाट निकै तल झरन् पुग्यो ।  

५ वर्षअघि एक डलरको मूल्य ४० पेसोबराबर थियो । एक वर्षअघि यो १९२ पेसोबराबर थियो । तर अहिले बढेर ८५० पेसो पुगेको छ । अहिले अवस्था यतिसम्म भईसक्यो कि धनी मानिसहरुलाई पनि पेट पाल्न मुश्किल भईसक्यो ।  

राष्ट्रपति मिलेईले देशको नेतृत्व सम्हाले पछि यस्तो भनेका थिए,‘मैले जुन सुधारको प्रस्ताव राखेको छु,त्यसको साथ अमेरिकाको स्तरमा पुग्न ३५ वर्ष लाग्न सक्छ ।’ -एजेन्सी

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.