शनिबार, बैशाख १९,२०८३ 06:02:10
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 06:02:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

घरबाट निकालेको ९ वर्षपछि यी धनाढ्यको बुवासँग भयो सुखद पुनर्मिलन

Bizshala
घरबाट निकालेको ९ वर्षपछि यी धनाढ्यको बुवासँग भयो सुखद पुनर्मिलन
Shivam Cement

काठमाण्डौ । भारतीय धनाढ्य तथा रेमन्ड ग्रुपका अध्यक्ष गौतम सिंघानिया र ग्रुपका संस्थापक तथा गौतमका बुवा विजयपत सिंघानियाबीचको विवाद अन्त्य हुने संघारमा पुगेको छ । गौतम सिंघानियाले एक्समा विजयपत सिंघानियासँगको फोटो सेयर गरेसँगै बुवा–छोराबीचको ९ वर्ष पुरानो विवाद अन्त्य भएको अनुमान लगाइएको छ ।  

गौतमले फोटो सेयर गर्दै लेखेका छन्,‘आज बुवालाई घरमा पाउँदा र उनको आर्शीवाद पाउँदा खुशी छु ।’ विजयपत सिंघानियाले सन् २०१५ मा आफ्ना छोरा गौतम सिंघानियालाई कम्पनीको बागडोर सुम्पिएका थिए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीको बागडोर गौतमको हातमा परेपछि बुवा–छोराबीच विवाद उत्पन्न भएको थियो । सन् २०१७ मा विजयपत सिंघानियाले आफ्नो छोराले मुम्बईमा उनको पारिवारिक सम्पत्ति जेके हाउस बिल्डिङबाट बाहिर निकालेको आरोप लगाएका थिए ।  

गत वर्ष गौतम सिंघानिया आफ्नी श्रीमती नवाजसँग अलग भएका थिए । यसपश्चात विजयपत सिंघानियाको एउटा अन्तवार्ता आएको थियो । बिजनेश ट्ुडेमा दिएको अन्तवार्तामा उनले आफ्नो विरासत छोरालाई सुम्पेकोमा पश्चाताप व्यक्त गरेका थिए ।  

अन्तवार्तामा उनले यस्तो भनेका थिए,‘मसँग अब केहि पनि छैन । मैले सबै कुरा उसलाइ्र्र दिए । गल्तीले मसँग केहि पैसा बचेको थियो । जसबाट आज म गुजारा चलाईरहेको छु । होइन भने म सडकमा हुन्थे । मलाई सडकमा देख्दा उ खुसी हुन्थ्यो होला । मलाई बाहिर निकाले जस्तै के उसले आफ्नी श्रमतीलाई पनि बाहिर निकाल्न सक्छ । ? आमाबुवाले आफ्ना सन्तानलाई सबै कुरा दिदा सावधान हुनपर्छ । आफु जिउँदो हुँदासम्म सबै सम्पत्ति सन्तानलाई सुम्पिनु गलत हुनसक्छ ।’ 

रेमेन्ड ग्रुप विश्वको सबैभन्दा ठूलो फ्याब्रिक उत्पादक कम्पनी हो । एजेन्सी

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.