काठमाण्डौ । हुन्डाई नेपालले सबै क्रेटा EV ग्राहकहरूलाई नजिकको आधिकारिकसेवा केन्द्रमा गईसफ्टवेयर अपडेट गराउनअनुरोध गरेको छ। यस अपडेटमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS) को अप्टिमाइजेसन गरिएको छ, जुन नेपाली सडक र ड्राइभिङलाई ध्यानमा राखी क्यालिब्रेट गरिएको छ।
यस अपडेटपछि ग्राहकहरूले हालको रेञ्जको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्नेछ। यस नयाँ अपडेटले दैनिक आवागमन तथा यात्राका लागि क्रेटा EV प्रयोगकर्तालाई थप सुविधा, सहजतार भरोसा प्रदान गर्नेछ।
यस अपडेटलाई हुन्डाईको देशव्यापी सेवा सञ्जालमार्फत कार्यान्वयन गरिएको छ, जसले गर्दा सबै क्रेटा EV ग्राहकहरूले यसको लाभ लिन सक्नेछन्। हुन्डाई नेपाल आफ्ना सवारी साधनहरूको निरन्तर स्तरोन्नति गर्दै ग्राहकहरूलाई उत्कृष्ट सेवा र अनुभव प्रदान गर्न प्रतिबद्ध रहँदै आएको कम्पनीले जनाएको छ ।

