शनिबार, बैशाख १९,२०८३ 06:19:56
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 06:19:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्ट्रेट अफ हर्मुज इरानको नियन्त्रणमा छ र यो मार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्छः इरान

Bizshala
स्ट्रेट अफ हर्मुज इरानको नियन्त्रणमा छ र यो मार्ग प्रयोग गरेबापत शुल्क तिर्नुपर्छः इरान
Shivam Cement

काठमाण्डौ । अमेरिका र ईरानबीच जारी सशर्त संघर्षविरामको बीचमा रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण स्ट्रेट अफ हर्मुजबाट जहाजहरूको सुरक्षित आवागमन प्रमुख मुद्दा बनेको छ। यस समुद्री मार्गबाट विश्वको करिब २० प्रतिशत तेल तथा तरल प्राकृतिक ग्यास (एलपीजी) ढुवानी हुने भएकाले यस क्षेत्रलाई विश्व ऊर्जा आपूर्तिको केन्द्र मानिन्छ।

ईरानको संसदका उपाध्यक्ष हाजी बाबाईले स्ट्रेट अफ हर्मुजलाई ईरानका लागि अति संवेदनशील सीमा भन्दै यस क्षेत्रमा आफ्नो नियन्त्रण रहेको दाबी गरेका छन्। उनले निकटस्थ सरकारी समाचार संस्था मेहर न्यूज एजेन्सीमार्फत दिएको भनाइमा, स्ट्रेट अफ हर्मुजबाट आवागमन गर्ने जहाजहरूले शुल्क ईरानी मुद्रा रियालमा तिर्नुपर्ने बताएका छन्।

यसैबीच, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा पोस्ट गर्दै स्ट्रेट अफ हर्मुज चाँडै खुल्नेछ भन्दै टिप्पणी गरेका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले पनि आफ्नो नौसेनाका दुई विध्वंसक जहाजहरू उक्त जलमार्ग हुँदै पार भएको र समुद्री सुरक्षाका लागि गरिएको विशेष अभियानअन्तर्गत गतिविधि भएको जनाएको छ। सेनाले यसलाई जलमार्गलाई सम्भावित बारुदी सुरुङबाट सफा गर्ने प्रयासको हिस्सा भनेको छ।

तर ईरानले अमेरिकी दाबीलाई अस्वीकार गर्दै कुनै पनि अमेरिकी सैन्य जहाजले उक्त जलमार्ग प्रयोग गरेको प्रमाण नभएको बताएको छ। ईरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले चेतावनी दिँदै कुनै पनि सैन्य जहाजले स्ट्रेट अफ हर्मुज प्रयोग गर्ने प्रयास गरे कडा प्रतिक्रिया दिइने जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

यसैबीच, ईरानले अमेरिकी विध्वंसक जहाजमध्ये एकलाई आफ्नो चेतावनीपछि फर्किन बाध्य पारेको दाबी पनि गरेको छ।

उता, पाकिस्तानमा ईरानसँग भएको लामो वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्ट्रेट अफ हर्मुजबारे कुनै टिप्पणी गरेका छैनन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.