शनिबार, बैशाख १९,२०८३ 01:36:48
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 01:36:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मध्यपूर्व तनावबीच कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

Bizshala
मध्यपूर्व तनावबीच कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च
Shivam Cement

काठमाण्डौं । मध्यपूर्वमा जारी युद्ध र भू(राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च स्तरमा पुगेको छ।

द गार्जियनका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल १२६ अमेरिकी डलर नाघेको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको नाकाबन्दी थप लम्ब्याउने संकेत दिएपछि मात्र २४ घण्टाभित्र तेलको मूल्य १३ प्रतिशतभन्दा बढीले वृद्धि भई सन् २०२२ यताकै उच्च स्तरमा पुगेको हो।

विश्व बजारमा कच्चा तेलको प्रमुख मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्य बुधबार प्रतिब्यारेल १२० डलरभन्दा माथि पुगेको छ।

CG Motors
Garima Development Bank
IME remit

सन् २०२२ मा रुस–युक्रेन युद्धका क्रममा ब्रेन्ट तेलको मूल्य प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो।

त्यसपछि भने मूल्य क्रमशः घट्दै गएको थियो। गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलबीच इरानविरुद्ध युद्ध शुरु भएपछि ब्रेन्ट तेलको मूल्य सामान्यतया १२० डलरभन्दा तल रहँदै आएको थियो।

तर, ट्रम्पले इरानी बन्दरगाहमाथिको नाकाबन्दी लम्ब्याउने घोषणा गरेसँगै बुधबार कच्चा तेलको मूल्य पुनः तीव्र रूपमा बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो। 

एजेन्सी

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.