बुधबार, बैशाख २३,२०८३ 04:17:15
Bizshala
  • बुधबार, बैशाख २३,२०८३ 04:17:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इन्द्रचोक–भेडासिंह क्षेत्रमा सुनचाँदी पसल लुटपाट प्रयास, पेस्तोलसहित तीन युवक पक्राउ

Bizshala
इन्द्रचोक–भेडासिंह क्षेत्रमा सुनचाँदी पसल लुटपाट प्रयास, पेस्तोलसहित तीन युवक पक्राउ
Shivam Cement

काठमाण्डौं । राजधानीको व्यस्त व्यापारिक क्षेत्र इन्द्रचोक–भेडासिंहमा रहेको एक सुनचाँदी पसलमा पेस्तोल देखाउँदै लुटपाटको प्रयास गरेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ।

गत वैशाख १७ गते दिउँसो नैना एन्ड इशान ज्वेलरीमा पेस्तोल देखाएर लुटपाट गर्ने प्रयास भएको थियो। तर पसलकी सञ्चालक बबिता रौनियारले प्रतिकार गरेपछि आक्रमणकारीहरू घटनास्थलबाट भागेका थिए।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार अनुसन्धान र खोजतलासपछि तीन जनालाई पक्राउ गरिएको हो।  

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–६ का २९ वर्षीय हरिकृष्ण महर्जन, सोही ठाउँका विकेश राजवाहक र अरुण भुजेल रहेका छन्।

एसपी भट्टराईका अनुसार “विकेश राजवाहक र अरुण भुजेललाई प्रहरी टोलीले पक्राउ गरेको हो भने हरिकृष्ण महर्जनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो।”  

CG Motors
Garima Development Bank
IME remit

उनका अनुसार उनीहरू अन्य आपराधिक घटनामा पनि संलग्न रहेको आशंका छ र थप अनुसन्धान भइरहेको छ।

प्रहरीले अरुण भुजेलको साथबाट घटनामा प्रयोग भएको पेस्तोल बरामद गरेको जनाएको छ।  

त्यस्तै, हरिकृष्ण महर्जनले लुटपाटका क्रममा लगाएको कपडा घटनास्थल नजिकै फालेर आफ्नो पहिचान लुकाउने प्रयास गरेको पनि अनुसन्धानमा देखिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.