एनआईसी एशिया बैंकद्वारा सहारा घरलाई आवश्यक सामग्री सहयोग
काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दगोरिया गाउँपालिका, वडा नम्बर २, कैलालीस्थित असहायका लागि सहयोगी हातहरु नेपाल (सहारा घर)मा आश्रित व्यक्तिहरुको बसाई अझ सहज र स्वस्थ होस् भन्ने हेतुले डाइनिङ टेबल, बेन्चहरुका साथै स्वच्छ खानेपानीको सुविधाका लागि वाटर डिस्पेन्सर प्रदान गरेको छ । बालबालिका, महिला, शारीरिक रुपमा विशेष क्षमता...

