नेपाल सेयर मार्केटको २२ करोड ठगीका प्रमुख योजनाकार राजधानीबाट पक्राउ
काठमाण्डौ । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ काठमाण्डौबाट पक्राउ परेका छन्।बैंकिङ कसूरसम्बन्धी मुद्दामा दोषी ठहर भई ६ वर्ष कैद तथा २२ करोड ६७ लाख रुपैयाँभन्दा बढी जरिबाना सजाय सुनाइए पनि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

