जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाण्डौ । काठमाण्डौ महानगरपालिका–२२,न्युरोड स्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।यससँगै प्रभु बैकंका कर्मचारी तथा ग्राहकहरुले आईफोन मा ५ प्रतिशत र म्याकबुकका एक्सेसरीहरुमा २० प्रतिशत छुट पाउने भएका छन् ।

