सुनको मूल्यमा पहिरो, एकैदिन साढे २० हजारले ओरालो लाग्यो
काण्माण्डौ । स्थानिय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको भाउ आज २० हजार ५ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा सीमित बनेको छ ।

