आईतवार, बैशाख २०,२०८३ 09:12:39
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 09:12:39
अमेरिकासँग छ कयौं देशको जीडीपीभन्दा बढी सुनको भण्डार, कति पर्छ मूल्य ?
विश्व अर्थतन्त्र

अमेरिकासँग छ कयौं देशको जीडीपीभन्दा बढी सुनको भण्डार, कति पर्छ मूल्य ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा हालै उल्लेखनीय वृद्धि आएको छ। केही समयअघि सुनको मूल्य पहिलोपटक ५ हजार ५०० अमेरिकी डलर प्रतिऔंस पार गरेको थियो। यसका साथै, चीन, टर्की र भारत लगायतका धेरै देशहरूले आफ्नो गोल्ड रिजर्भमा उल्लेखनीय वृद्धि गरेका छन्। तर, कुनै देश अझै अमेरिका नजिक पुग्न सकेका छैनन्।अमेरिकाको केन्द्रीय बैंकसँग ८ हजार १३३ टन सुन छ, जसको मूल्य...

आइसक्रिम व्यवसायबाट धमाधम अलग्गिदै विश्वका कम्पनीहरु, नेस्लेले पनि चाल्यो कदम
विश्व अर्थतन्त्र

आइसक्रिम व्यवसायबाट धमाधम अलग्गिदै विश्वका कम्पनीहरु, नेस्लेले पनि चाल्यो कदम

काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो खाद्य तथा पेय कम्पनी नेस्लेले आफ्नो आइसक्रिम व्यवसाय बेच्ने तयारी गरेको छ। कम्पनीले आइसक्रिम पोर्टफोलियो फ्रोनेरीसँगको संयुक्त उद्यममा हस्तान्तरण गर्ने छलफलमा रहेको पुष्टि गरेको छ।यस अन्तर्गत हागेन–डाज र ड्रमस्टिक जस्ता प्रतिष्ठित ब्रान्डहरू छन्, जसको कुल मूल्य करिब १.३ बिलियन अमेरिकी डलर रहेको छ। नेस्लेका नयाँ सीईओ फिलिप नवरतिलले...

डोनाल्ड ट्रम्पको नयाँ ट्यारिफ अपेक्षाभन्दा कम दरमा लागू
विश्व अर्थतन्त्र

डोनाल्ड ट्रम्पको नयाँ ट्यारिफ अपेक्षाभन्दा कम दरमा लागू

काठमाण्डौ । अमेरिकी सर्वोच्च अदालतले पूर्वघोषित व्यापक आयात करहरूलाई रोक लगाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको १० प्रतिशतको नयाँ विश्वव्यापी भन्सार शुल्क(ट्यारिफ)लागू भएको छ ।डोनाल्ड ट्रम्पले गत शुक्रबार अमेरिकाको सर्वोच्च अदालतको फैसलापछि २४ फेब्रुअरीदेखि लागू हुने गरी कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। यसअघि उनले १५ प्रतिशतसम्म कर लगाउने बताएका थिए, तर...

अमेरिकामा तीन फिटसम्म हिमपात, हजारौं उडान रद्द
विश्व अर्थतन्त्र

अमेरिकामा तीन फिटसम्म हिमपात, हजारौं उडान रद्द

काठमाण्डौ सोमबार अमेरिकाको पूर्वी तटमा आएको शक्तिशाली हिमआँधीका कारण रेकर्डस्तरको हिमपात भएको छ, जसबाट लाखौं मानिस प्रभावित भएका छन् भने हजारौं उडान रद्द गर्नुपरेको छ।अमेरिकाको नेशनल वेदर सर्भिसका अनुसार रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही क्षेत्रमा करिब ३७ इन्चसम्म हिमपात मापन गरिएको छ। त्यसैगरी न्यूयोर्क सिटीस्थित सेन्ट्रल पार्कमा १९ इन्चभन्दा बढी हिउँ जमेको...

ट्रम्पले भने, ‘ईरानविरुद्ध सैन्य कारबाहीबारे अमेरिकी सेनाध्यक्षले असहमति जनाएको खबर गलत’
विश्व अर्थतन्त्र

ट्रम्पले भने, ‘ईरानविरुद्ध सैन्य कारबाहीबारे अमेरिकी सेनाध्यक्षले असहमति जनाएको खबर गलत’

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे अमेरिकी सेनाध्यक्षले असहमति जनाएको भन्ने सञ्चारमाध्यमका रिपोर्टहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले यस्ता समाचारलाई शतप्रतिशत गलत भन्दै स्रोतविहीन र भ्रामक भएको दाबी गरेका छन्।राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म  ट्रुथ सोसल मार्फत जनरल ड्यानियल केन...

भारतको आईडीएफसी फर्स्ट बैंकमा भारु. ५९० करोडको ठगी, सेयर मूल्यमा पहिरो
विश्व अर्थतन्त्र

भारतको आईडीएफसी फर्स्ट बैंकमा भारु. ५९० करोडको ठगी, सेयर मूल्यमा पहिरो

काठमाण्डौ । भारतको आईडीएफसी फर्स्ट बैंकको सेयरमूल्यमा पहिरो गएको छ । बैंकको चण्डीगढ शाखामा ५९० करोड भारुको ठगी प्रकरण सार्वजनिक भएपछि बैंकका सेयरमूल्य २० प्रतिशतले घटेर प्रतिकित्ता ६७ भारुमा झरेको छ । ठगी हरियाणा सरकारसँग सम्बन्धित संस्थाहरूको बैंक खातामा अनधिकृत ट्रान्जेक्सन मार्फत भएको बताइएको छ।ठगीको रकम बैंकको तेस्रो त्रैमासिक नाफा ५०३ करोड भारु भन्दा पनि बढी छ।...

ट्यारिफको विषयमा अमेरिकी अदालतको निर्णयपछि एशियाली व्यापार साझेदारहरु अन्योलमा
विश्व अर्थतन्त्र

ट्यारिफको विषयमा अमेरिकी अदालतको निर्णयपछि एशियाली व्यापार साझेदारहरु अन्योलमा

काठमाण्डौ । संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले सन् २०२५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएका धेरै ट्यारिफहरू अवैध ठहर गरेपछि एशियाका प्रमुख व्यापार साझेदार राष्ट्रहरू नयाँ अन्योलमा परेका छन्। अदालतको निर्णयपछि ट्रम्पले अमेरिकामा आयात हुने वस्तुमा १५ प्रतिशतको नयाँ विश्वव्यापी कर लगाउने घोषणा गरेका छन्।अमेरिकी भन्सार विभागले ट्रम्प प्रशासनको प्रमुख...

भारतद्वारा चार रुसी बीमा कम्पनीहरूको ट्याङ्कर बीमाको अनुमति अस्थायी रूपमा वृद्धि
विश्व अर्थतन्त्र

भारतद्वारा चार रुसी बीमा कम्पनीहरूको ट्याङ्कर बीमाको अनुमति अस्थायी रूपमा वृद्धि

काठमाण्डौ । भारतले आफ्ना बन्दरगाहमा आउने ट्याङ्करहरूको बीमाकरण गर्न चार रुसी बीमा कम्पनीहरूलाई एक महिनाका लागि अस्थायी अनुमति दिएको छ। रुसबाट तेल आपूर्ति रोक्ने अमेरिकी दबाबलाई सन्तुलन कायम राख्न यस कदमले भारतलाई कच्चा तेलको आयात कायम राख्न सहयोग गर्नेछ ।यी कम्पनीहरूको अनुमति फेब्रुअरी २०, २०२६ पछि समाप्त हुनुपर्ने थियो। सामान्यतया यस्तो अनुमति एक वर्ष वा सोभन्दा लामो...

सुनको मूल्य एकैदिन १०८ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?
विश्व अर्थतन्त्र

सुनको मूल्य एकैदिन १०८ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्यमा उच्च बढोत्तरी आएको छ । सुनको मूल्य २.१५ प्रतिशत अर्थात १०८ डलरले बढेर प्रतिऔंस ५  हजार १६७ डलरमा कारोबार भईरहेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी ट्यारिफ बढाएसँगै र विश्व भू–राजनीतिक अवस्थाका कारण सुनको मूल्य बढ्न पुगेको हो ।अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको कार्यकारी अधिकारद्वारा विश्वव्यापी...

ट्रम्पको ट्यारिफ नीतिमा अदालतको रोक, व्यापारिक अनिश्चितता भने अझै कायम
विश्व अर्थतन्त्र

ट्रम्पको ट्यारिफ नीतिमा अदालतको रोक, व्यापारिक अनिश्चितता भने अझै कायम

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को व्यापार नीतिमा ठूलो प्रभाव पार्ने गरी अमेरिकी सर्वोच्च अदालतले हालै फैसला सुनाएको छ। अदालतको निर्णयले राष्ट्रपति ट्रम्पले आपतकालीन शक्तिको प्रयोग गरेर देश–विशेष वा परस्पर ट्यारिफ लागू गर्ने अधिकारलाई अमान्य ठहराएको छ।यो फैसला विशेष गरी गत वर्षको लिबरेशन डेमा रोज गार्डेनमा सार्वजनिक गरिएको ट्यारिफ सूची र ग्रीनल्याण्ड...

डोनाल्ड ट्रम्पद्वारा युएफओ र एलियनसम्बन्धी गोप्य फाइल सार्वजनिक गर्ने घोषणा
विश्व अर्थतन्त्र

डोनाल्ड ट्रम्पद्वारा युएफओ र एलियनसम्बन्धी गोप्य फाइल सार्वजनिक गर्ने घोषणा

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलियन जीवन, युएफओ (अनआइडेन्टिफाइड फ्लाइङ्ग अब्जेक्ट) तथा युएपी (अनआइडेन्टिफाइड एरियल फेनोमेना) सम्बन्धी गोप्य सरकारी कागजातहरू सार्वजनिक गर्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्। फेब्रुअरी १९ मा आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत उनले पेन्टागन तथा अन्य सम्बन्धित निकायलाई ती फाइलहरू पहिचान गरी...

सुनको मूल्यमा भारी वृद्धि, प्रतिऔंस कति डलर पुग्यो ?
विश्व अर्थतन्त्र

सुनको मूल्यमा भारी वृद्धि, प्रतिऔंस कति डलर पुग्यो ?

ट्रम्पद्वारा विश्वव्यापी ट्यारिफ १५% पुर्‍याउने घोषणा
विश्व अर्थतन्त्र

ट्रम्पद्वारा विश्वव्यापी ट्यारिफ १५% पुर्‍याउने घोषणा

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी भन्सार शुल्क(ग्लोबल ट्यारिफ) १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याउने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत नयाँ निर्णय सार्वजनिक गरेका हुन्। यसअघि उनले पत्रकार सम्मेलनमार्फत सबै देशका आयातमा १० प्रतिशत ट्यारिफ लगाउने बताएका थिए।अमेरिकाको सर्वोच्च अदालतले ६–३ को बहुमतले ट्रम्प प्रशासनले...

जापानमा अज्ञात दाताबाट पानीको समस्या समाधान गर्न २१ केजी सुन दान
विश्व अर्थतन्त्र

जापानमा अज्ञात दाताबाट पानीको समस्या समाधान गर्न २१ केजी सुन दान

काठमाण्डौ । जापानको कान्साई क्षेत्रस्थित तेस्रो ठूलो सहर ओसाकाले पुरानो पानी वितरण प्रणाली सुधारका लागि अज्ञात दाताबाट २१ केजी सुन प्राप्त गरेको छ।सुनको मूल्य ५६ करोड येन (३६ लाख अमेरिकी डलर) रहेको छ। ओसाकाका मेयर हिदेयुकी योकोयामाले बिहीबार पत्रकार सम्मेलनमा उक्त दानबारे जानकारी दिँदै दाताले आफ्नो पहिचान सार्वजनिक नगरेको बताए।ओसाका झन्डै ३० लाख जनसंख्या भएको व्यस्त...

अमेरिकाले इन्डोनेसियामाथिको ट्यारिफ ३२% बाट १९% मा झार्यो, ३० अर्ब डलरभन्दा बढीको व्यापार सहमति
विश्व अर्थतन्त्र

अमेरिकाले इन्डोनेसियामाथिको ट्यारिफ ३२% बाट १९% मा झार्यो, ३० अर्ब डलरभन्दा बढीको व्यापार सहमति

काठमाण्डौ । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासन र इन्डोनेशिया सरकारबीच नयाँ व्यापार सम्झौता भएको छ। उक्त सम्झौताअनुसार अमेरिकाले इन्डोनेसियाली वस्तुमाथि लाग्दै आएको ३२ प्रतिशत ट्यारिफ घटाएर १९ प्रतिशतमा झार्नेछ।ह्वाइट हाउसका अनुसार, इन्डोनेसियाले अमेरिकी आयातका ९९ प्रतिशत भन्दा बढी वस्तुमा व्यापार अवरोध हटाउने सहमति गरेको छ। साथै, ३० अर्ब डलरभन्दा बढी मूल्यका...

अमेरिका–इरान तनावको प्रभावः कच्चा तेलको मूल्य सात महिनाकै उच्च नजिक, सुन प्रतिऔंस ५ हजार डलर पुग्यो
विश्व अर्थतन्त्र

अमेरिका–इरान तनावको प्रभावः कच्चा तेलको मूल्य सात महिनाकै उच्च नजिक, सुन प्रतिऔंस ५ हजार डलर पुग्यो

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सात महिनामा सबैभन्दा उच्च स्तरमा पुगेको छ । यस्तै सुरक्षित लगानीको रूपमा सुनतर्फ समेत लगानीकर्ताको आकर्षण देखिएको छ । अमेरिका र इरानबीचको तनाव बढ्दै जाँदा यस्तो स्थिति उत्पन्न भएको हो।आज ब्रेन्ट क्रूडको मूल्य ०.३५ प्रतिशतले बढेर प्रतिब्यारेल ७१.९१ डलर पुगेको छ।  यस्तै डब्लूटीआई कुडको मूल्य पनि ०.३८ प्रतिशतले बढेर...

इरान नजिकै अमेरिकी सैन्य उपस्थिति बढ्दै, देखिए यी युद्धपोतहरू
विश्व अर्थतन्त्र

इरान नजिकै अमेरिकी सैन्य उपस्थिति बढ्दै, देखिए यी युद्धपोतहरू

काठमाण्डौ । इरान नजिकै अमेरिकी सैन्य उपस्थिति बढ्दै गएको देखिएको छ । बीबीसी अर्को अमेरिकी विमानवाहक पोत मध्यपूर्वतर्फ बढ्दै गरेको पुष्टि गरेको जनाएको छ। विवरणअनुसार, बुधबारसम्म यूएसएस जेराल्ड आर फोर्ड लाई केही समयका लागि मोरोक्कोको अटलान्टिक तट नजिक ट्र्याक गरिएको थियो। ४८ मिनेटसम्म सार्वजनिक भएको यसको अवस्थाबाट यो भूमध्य सागरतर्फ अग्रसर देखिएको थियो।यद्यपि, अहिलेसम्म...

ट्रम्पको चेतावनीः आगामी १० दिनभित्र इरानसँग सम्झौता नभए सैन्य कारबाही हुन्छ
विश्व अर्थतन्त्र

ट्रम्पको चेतावनीः आगामी १० दिनभित्र इरानसँग सम्झौता नभए सैन्य कारबाही हुन्छ

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी १० दिनभित्र इरानसँग सम्झौता हुने वा सैन्य कारबाहीतर्फ जाने निर्णय स्पष्ट हुने बताएका छन्। वाशिङ्टन डीसीमा आयोजित ‘बोर्ड अफ पिस’ को उद्घाटन बैठकमा उनले इरानको आणविक कार्यक्रमसम्बन्धी वार्तालाई उल्लेख गर्दै अर्थपूर्ण सम्झौता हुनुपर्ने बताउँदै अन्यथा परिणाम राम्रो नहुने बताए ।हालैका दिनहरूमा अमेरिकाले मध्यपूर्व...

विश्व भू–राजनीतिक तनावले सुनको मूल्यमा उच्च वृद्धि, प्रतिऔंस कति डलर पुग्यो ?
विश्व अर्थतन्त्र

विश्व भू–राजनीतिक तनावले सुनको मूल्यमा उच्च वृद्धि, प्रतिऔंस कति डलर पुग्यो ?

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पुनःबढेको छ । केही समयदेखि ओरालो लागिरहेको सुनको भाउ आज भने् बढेको हो ।आजको कारोबारमा सुनको मूल्य १.९८ प्रतिशत अर्थात ९६ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ९८४ डलर कायम भएको छ ।

बिट्क्वाइनलाई पछि पार्दै पाई नेटवर्क बन्यो सबैभन्दा उच्च रिटर्न दिने क्रिप्टोकरेन्सी
विश्व अर्थतन्त्र

बिट्क्वाइनलाई पछि पार्दै पाई नेटवर्क बन्यो सबैभन्दा उच्च रिटर्न दिने क्रिप्टोकरेन्सी

काठमाण्डौ । क्रिप्टोकरेन्सी बजारमा हाल गिरावट जारी भए पनि पाई नेटवर्क जस्ता केही डिजिटल मुद्राहरूले निवेशकर्तालाई आश्चर्यजनक लाभ दिएका छन् । पछिल्लो सात दिनमा पाई नेटवर्कले ४० प्रतिशतभन्दा बढी वृद्धि देखाएको छ भने बिट्क्वाइनको वृद्धि १ प्रतिशतभन्दा कममा सीमित छ।बुधबार राति  बिट्क्वाइनको मूल्य करिब ६७ हजार अमेरिकी डलर रहेको थियो, र पछिल्लो २४ घण्टामा यसको वृद्धि करिब...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.