अविरल वर्षापछि प्रमुख राजमार्गहरूमा बाढी र पहिरो, यातायात ठप्प
काठमाण्डौं । अविरल वर्षाका कारण देशका विभिन्न प्रमुख राजमार्गहरूमा बाढी र पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार, आज बिहान ८:०० बजेसम्म कोशी, बागमती र गण्डकी प्रदेशका केही सडक खण्डहरूमा यातायात पूर्ण र आंशिक रूपमा अवरुद्ध छन्।कोशी प्रदेशको संखुवासभामा कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटखोला गाउँपालिका–४ को बरुणमा साउन १७ गते...

