हावाहुरीले इनरुवादेखि देवानगञ्जसम्म मकैबाली नष्ट, किसान चिन्तित
काठमाण्डौं । सुनसरीको इनरुवालगायत विभिन्न स्थानीय तहमा बुधबार राति आएको तीव्र हावाहुरीले व्यावसायिक मकैखेतीमा ठूलो क्षति पुर्याएको छ।इनरुवा, भोक्राहा, हरिनगर र देवानगञ्ज क्षेत्रमा लगाइएको मकैबाली हुरीका कारण व्यापक रूपमा नष्ट भएपछि किसानहरू चिन्तित भएका छन्।

