नेशनल लाइफको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १७.५३ अंकले घटेर २७१४.०५ विन्दुमा कायम भएकोछ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको ३ करोड ५४ लाख ७७ हजार ९३० कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ५६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.६३ प्रतिशत र निर्जीवन बीमा समूह ०.६८ प्रतिशतले...

