दीपक भट्टका कम्पनीका ‘गोल्डेन सेयर’ लिनेहरू निगरानीमा, पत्रकारदेखि प्रशासकसम्मको भुक्तानी विवरण माग
काठमाण्डौ । युवा व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीहरूबाट संस्थापक सेयर खरिद गर्ने व्यक्ति तथा संस्थाहरूविरुद्ध अनुसन्धान थप तीव्र बनेको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले सेयर खरिदसँग जोडिएका सम्पूर्ण भुक्तानी विवरण माग गर्दै औपचारिक प्रक्रिया अघि बढाएको हो।

