सुनचाँदी व्यवसायमा भईरहेको अनियमित प्रवृत्तिप्रति महासंघको चेतावनी
काठमाण्डौ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले सुनचाँदी बजारमा फैलिँदै गरेका अनियमित कारोबारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अनुसार, पछिल्ला समयमा चाँदीमा सुन मिसाएर गहना निर्माण गर्ने र भारतबाट वैध तथा अवैध रूपमा भित्राइएका गहनाहरू कम तौलमा, ठूलो र आकर्षक देखाएर सस्तो मूल्यमा बिक्री गर्ने प्रवृत्ति बढ्दै गएको छ।

