गुणस्तरहीन जार प्रयोग नगर्न पानी उद्योगलाई चेतावनी
काठमाण्डौं । बजारमा गुणस्तरहीन जारमा प्रशोधित पिउने पानी बिक्री–वितरण भइरहेको गुनासो बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाइ गर्ने निर्णय गरेको छ।विभागले पुराना, कुच्चिएका, टालिएका, चुहिने तथा अपारदर्शी जारमा पानी उत्पादन वा वितरण नगर्न उत्पादक, ढुवानीकर्ता र विक्रेतालाई स्पष्ट निर्देशन दिएको छ।

