५१.५३% ले बढ्यो हिमालयन लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ?
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले आज सार्वजनिक गरेको विवरणअनुसार संस्थाले ८ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.५३ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ५ करोड ३४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।यस्तै...

