धितोपत्र बजारमा बुक बिल्डिङको उछाल, ठूला कम्पनीहरूको आईपीओ पाइपलाइनमा प्रवेश
काठमाण्डौं । नेपालमा बुक बिल्डिङ विधिमार्फत प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रवृत्ति विस्तार हुँदै गएको छ। केही वर्षयता संस्थागत लगानीकर्तामा आधारित मूल्य निर्धारण प्रणालीप्रति कम्पनीहरूको रुचि बढ्दै जाँदा धितोपत्र बजारमा यो विधि वैकल्पिक तर सम्भावनायुक्त मोडेलका रूपमा स्थापित हुँदै गएको छ।हालसम्म सात वटा कम्पनीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)...

