लघुबीमा व्यवसाय १८.८१% ले बढ्यो, स्टार माइक्रो इन्स्योरेन्सको कस्तो छ प्रदर्शन ?
काठमाण्डौ । लघुबीमा कम्पनीहरुको व्यवसाय १८.८१ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको तेस्रो त्रैमाससम्म ७ लघुबीमा कम्पनीले १ अर्ब ८३ करोड २५ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । यो प्रिमियम रकम गत आवको सोही अवधिको त ुलनामा करिब १९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लघुबीमा कम्पनीहरुले १ अर्ब ५४ करोड २४ लाख रुपैयाँ बराबरको प्रिमियम...

