ढिलाइपछि अन्तिम चरणमा पुग्यो नागढुंगा सुरुङमार्ग, यातायातमा नयाँ युगको अपेक्षा
काठमाण्डौं । काठमाडौँ–तराई यातायात सञ्जालको ‘गेमचेन्जर’ मानिएको नागढुंगा सुरुङमार्ग अब सञ्चालनको अन्तिम चरणमा पुगेको छ। करिब ९९ प्रतिशत निर्माण सम्पन्न भइसकेको यो परियोजना छिट्टै सञ्चालनमा आउने तयारीमा छ।आयोजना निर्देशक सौजन्य नेपालका अनुसार केही बाँकी प्राविधिक काम पूरा भएपछि सुरुङमार्ग औपचारिक रूपमा हस्तान्तरण गरिनेछ। सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाँच...

