राज्य सुविधा दुरुपयोग रोक्न सरकार कडाइमा, पूर्वविशिष्ट पदाधिकारीको सवारी विवरण माग
काठमाण्डौं । राज्यकोषबाट दोहोरो तथा असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकार सक्रिय बनेको छ। यसै क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको विस्तृत विवरण तत्काल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

