सार्वजनिक ऋणको आकार २८ खर्ब नाघ्यो
काठमाण्डौ । नेपालको सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेसँगै सरकारको ऋणको भार तीव्र रूपमा बढ्दै गएको देखिएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को सुरुवातमा २६ खर्ब ७४ अर्ब ४ करोड रहेको कुल सार्वजनिक ऋण पुस मसान्तसम्ममा १ खर्ब ३२ अर्ब ३४ करोडले वृद्धि भई २८ खर्ब ६ अर्ब ३९ करोड पुगेको छ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार हाल कुल सरकारी ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.९५...

