युनाइटेड मेवाखोला हाइड्रोपावरले १ अर्ब ६१ करोडको आईपीओ ल्याउने
काठमाण्डौ । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको तयारी थालेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित दोस्रो र तेस्रो वार्षिक साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन ११ गते काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना निर्णय गरेको हो ।

