आज देशका यी भागमा छ हिमपात र वर्षाको सम्भावना
काठमाण्डौ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। सुदूरपश्चिम प्रदेश लागायत गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ छ।

