मंगलवार, जेष्ठ ५,२०८३ 05:12:09
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:12:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

Laxmi Sunrise Bank Limited
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
Shivam Cement

काठमाण्डौ । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको बिहीबार निधन भएको छ । उनको ९२ वर्षको उमेरमा निधन भएको हो । मनमोहन सिंहको स्वास्थ्य बिग्रिएपछि बिहीबार साँझ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान अर्थात एम्समा भर्ना गरिएको थियो ।

मनमोहन सिंह दुई पटक भारतको प्रधानमन्त्री भएका थिए । उनी २२ मे २००४ देखि देखि द्दट मे २०१४ सम्म भारतको प्रधानमन्त्रीको रुपमा रहेका थिए ।  

एम्सको मिडिया सेलले मनमोहन सिंहको निधन भएको जानकारी दिएको छ ।

Bizshala
New Office
CG Motors

उनलाई उमेर सम्बन्धी स्वास्थ्य समस्याका कारण २६ डिसेम्बरमा एम्स अस्पतलामा भर्ना गरिएको थियो। घरमै बेहोस भएपछि उनलाई एम्सको इमर्जेन्सीमा ल्याइएको थियो तर राति ९.५१ बजे उनको मृत्यु भएको थियो ।  

सिंह सन् १९९१–९६ सम्म भारतको अर्थमन्त्री समेत रहेका थिए । त्यतिबेला पीवी नरसिंह राव भारतको प्रधानमन्त्री थिए। नरसिंह रावलाई देशमा आर्थिक उदारीकरणका पिता मानिन्छ। मनमोहन सिंहले आफ्नो नीति कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

Garima Development Bank
Shivam Cement
IME remit

पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेलगायत ठूला नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.