शुक्रबार, बैशाख ४,२०८३ 07:11:52
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 07:11:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजार घट्दा म्युचुअल फण्डहरुको न्याभमा गिरावट, नाफा ३२.४१% ले घट्यो

Bizshala
सेयरबजार घट्दा म्युचुअल फण्डहरुको न्याभमा गिरावट, नाफा ३२.४१% ले घट्यो
Shivam Cement

काठमाण्डौ । म्युचुअल फण्डहरुको खुद मुनाफा ३२।४१ प्रतिशतले घटेको छ । मंसिर महिनामा सञ्चालनमा रहेका ४३ वटा फण्डले समग्रमा ४ अर्ब ७ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

यो नाफा अघिल्लो महिना अर्थात् कात्तिकको तुलनामा ३२.४१ प्रतिशत कम हो । कात्तिकमा फण्डहरुले समग्रमा ६ अर्ब २ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । उक्त महिना एनआइबीएल समृद्धि फण्ड–२ ले मात्रै घाटा ब्यहोरेको थियो भने मंसिर महिनामा भने सो फण्डसँगै मेगा म्युचुअल फण्ड गरी दुइवटा फण्डले घाटा ब्यहोरेका छन् ।  

बाँकी नाफा कमाएका ४१ वटा फण्डको नाफा पनि कात्तिक महिनाको तुलनामा घटेको छ । मंसिरमा सेयरबजारमा सुधार नदेखिएपछि फण्डहरुको नाफा घट्न पुगेको हो ।  

सेयरबजारमा म्युचुअल फण्डहरुको अर्बौ रकम लगानी रहेको हुन्छ । बजारमा उतारचढाव आउने बित्तिकै फण्डहरुको नाफा, प्रतिइकाई खुद सम्पत्ति मूल्य ९न्याभ० र लगानीको अवस्था नै फेरबदल हुन जान्छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साथै फण्डहरुले पनि बजारमा लगानीको अवस्था घटबढ गर्दा बजारलाई नै प्रभाव पार्न सक्ने हुन्छ । सूचीकृत कम्पनीहरुमा ठूलो लगानी फण्डहरुकै रहने हुनाले सेयरबजारमा गिरावट आउँदा फण्डहरुको नाफा खुम्चिने र बजारमा सुधार देखिँदा नाफामा समेत सुधार देखिने हुन्छ ।  

मंसिर महिनामा सेयरबजार २ प्रतिशतले घटेको छ । कात्तिकको अन्तिम कारोबार दिनसम्म २७३८ को विन्दुमा रहेको नेप्से परिसूचक मंसिरको अन्तिम कारोबार दिनसम्म २।०८ प्रतिशतले घटेर २६८१ विन्दुमा कायम भएको छ ।  

फण्डहरुको नाफासँगै प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ)पनि घट्न पुगेको छ । मंसिरमा सबै फण्डको न्याभ कात्तिक महिनाको तुलनामा घटेको छ ।  

मंसिरमा सर्वाधिक नाफा कमाउनेमा सानिमा इक्विटी फण्ड रहेको छ । फण्डले २१ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । तर यो नाफा कात्तिकको तुलनामा भने ३.८६ प्रतिशत कम हो । कात्तिकमा सो फण्डले २१ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले २० करोड ३२ लाख, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डले १९ करोड ५२ लाख, एनएमबि सरल बचत फण्ड इ ले १८ करोड ८८ लाख, प्रभु सेलेक्ट फण्डले १७ करोड ९२ लाख, एनएमबि ५० ले १६ करोड १८ लाख, नबिल ब्यालेन्स्ड पफण्ड–३ ले १६ करोड १२ लाख, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमले ज्ञछ करोड ८२ लाख, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ ले १५ करोड ५३ लाख र नबिल ब्यालेन्स्ड फण्ठ–२ ले १४ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।  

मंसिरमा सेयरबजारमा सुधार नदेखिदा ४१ वटा फण्डको नाफा घटेको छ भने दुईवटा फण्ड घाटामा रहेका छन् । सबैभन्दा बढी नाफा घट्नेमा सनराइज ब्लुचिप फण्ड रहेको छ । फण्डको नाफा कात्तिको तुलनामा ९६ प्रतिशतले घटेको छ ।  

यता मेगा म्युचुअल फण्ड–१ ले २ करोड ६३ लाख रुपैयाँ र एनआइबिएल समृद्धि फण्ड–२ ले भने १७ करोड ८९ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

न्याभ कुनको कति ?

मंसिर महिनामा सबै म्युचुअल फण्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ)घटेको छ । न्याभको आधारमा लगानीकर्ताले आफ्नो लगानीको मूल्यको सहज मूल्याङ्कन गर्न सक्नेछन् । न्याभकै आधारमा फण्डको एसेस्ट भ्यालु थाहा हुने भएकाले लगानीकर्ताले आफ्नो सम्पत्तिको भ्यालु समेत पत्ता लगाउन सक्नेछन् ।  

सेयरबजार घटबढ् हुँदा फण्डहरुको न्याभमा पनि असर पर्दछ । मंसिरमा सबैभन्दा धेरै न्याभ एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को रहेको छ । फण्डको न्याभ १२.४९ रुपैयाँ छ । कात्तिकमा भने फण्डको न्याभ १३.१२ रुपैयाँ थियो ।  

त्यस्तै, प्रभु स्मार्ट फण्डको १२.११ रुपैयाँ, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को ११.९८ रुपैयाँ, प्रभु सेलेक्ट फण्डको ११.९४ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को ११.८० रुपैयाँ, हिमालयन ८०–२० को ११.७४ रुपैयाँ, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ११.७० रुपैयाँ, सानिमा इक्विटी फण्डको ११.६७ रुपैयाँ, सिद्धार्थ इक्विटी फण्डको ११.६४ रुपैयाँ, शुभ लक्ष्मी कोषको ११.५७ रुपैयाँ र सानिमा लार्ज क्याप फण्डको ११.५४ रुपैयाँ रहेको छ ।  

मंसिरमा सबैभन्दा धेरै न्याभ घट्ने फण्डमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ रहेको छ । फण्डको न्याभ कात्तिकको तुलनामा ०।६३ रुपैयाँले घटेको छ ।  

त्यस्तै, एनएमबि सरल बचत फण्ड–ई को न्याभ ०.५७ रुपैयाँ, सनराइज फर्स्ट म्युचुअल फण्डको ०.५६ रुपैयाँ, एनएमबि ५० को ०.५६ रुपैयाँ, सनराइज ब्लुचिप फण्डको ०.५५ रुपैयाँ र आरबीबी म्युचुअल फण्ड–२ को न्याभ ०.५३ रुपैयाँले घटेको छ ।  

सेयरबजारमा लगानीको भ्यालु रु.४० अर्ब  

मंसिर महिनामा म्युचुअल फण्डहरुको लगानीको भ्यालु ४० अर्ब ३ करोड ३६ लाख रुपैयाँ रहेको छ । यो रकम कात्तिकको तुलनामा २.१८ प्रतिशत कम हो ।  

कात्तिकम फण्डहरुको लगानीको भ्यालु ४० अर्ब ९२ करोड ६० लाख रुपैयाँ थियो । ४३ वटा फण्डमध्ये ९ वटा फण्डको मात्रै लगानी भ्यालु बृद्धि भएको छ भने ३४ वटाको घटेको छ ।  

सबैभन्दा धेरै लगानी एनआइबिएल सहभागिता फण्डको ३ अर्ब ३४ करोड १४ लाख रुपैयाँ छ । फण्डको यस्तो लगानी भ्यालु ८.८८ प्रतिशतले बृद्धि भएको छ । कात्तिकमा उक्त फण्डको लगानी भ्यालु ३ अर्ब ६ करोड ८९ लाख रुपैयाँ थियो ।  

त्यस्तै, एनएमबि सरल बचत फण्ड ई को २ अर्ब २५ करोड, सिद्धार्थ इक्विटी फण्डको १ अर्ब ४२ करोड, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को १ अर्ब २६ करोड, सनराइज ब्लुचिप फण्डको १ अर्ब २२ करोड, एनआइबिएल समृद्धि फण्ड–२ को १ अर्ब २१ करोड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को १ अर्ब २० करोड, प्रभु सेलेक्ट फण्डको १ अर्ब १९ करोड, एनएमबि ५० को १ अर्ब १४ करोड रुपैयाँ, कुमारी धनबृद्धि योजनाको १ अर्ब ११ करोड रुपैयाँ रहेको छ ।  

मंसिरमा ९ वटा फण्डको लगानी भ्यालु बृद्धि भएको छ । सबैभन्दा धेरै एनआइबीएल सहभागिता फण्डको ८.८८ प्रतिशतले बढेको छ । त्यस्तै, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको ६।२० प्रतिशत, लक्ष्मी भ्यालु फण्ड–२ को ६.०८ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड–२ को ४.२२ प्रतिशत, लक्ष्मी उन्नती कोषको ३.५१ प्रतिशत, नबिल फ्लेक्सी क्याप फण्डको १.९७ प्रतिशत, एनआइबिएल स्टेबल फण्डको १.४३ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फण्डको ०.९९ प्रतिशत र सनराइज ब्लुचिप फण्डको ०.३४ प्रतिशतले लगानीको भ्यालु बढेको छ ।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.