आईतवार, असार १,२०८२ 08:54:08
  • आईतवार, असार १,२०८२ 08:54:08
Global IME Bank Limited

युक्रेनद्वारा युरोपमा ढुवानी हुने रुसी ग्यासमा रोक

Hyundai Nepal
युक्रेनद्वारा युरोपमा ढुवानी हुने रुसी ग्यासमा रोक
Nabil Bank Limited

काठमाण्डौ । युक्रेनले आफ्नो भू–भाग भएर युरोपमा ढुवानी हुने रुसी ग्यासमा रोक लगाएको जनाएको छ । ५ वर्षको ट्रान्जिट सम्झौता बुधबार अन्त्य भएसँगै तेलको ढुवानीमा रोक लगाइएको युक्रेनले जनाएको छ ।  

रुस र युक्रेनबीचको युद्ध सुरुवात भएको चौथो वर्ष लागेसँगै युरोपियन युनियनमा ग्यास ढुवानी गर्ने रुसको यो सबैभन्दा पुरानो मार्ग बन्द हुने अपेक्षा पहिले नै गरिएको थियो । युक्रेनका उर्जा मन्त्रीले देशको राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै रुससँगको सम्झौता अन्त्य गरिएको बताए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘हामीले रुसी ग्यासको ट्रान्जिटमा रोक लगाएका छौं । यो ऐतिहासिक कदम हो,’उर्जामन्त्रीले विज्ञप्तीमा भनेका छन् ।  

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेएता युरोपेली युनियनले रुसमाथिको परिनिर्भरता कम गर्दै उर्जा आपूर्तिको विविधकरणमा जोड दिन थालेको छ । पछिल्लो समय रुसबाट युरोपमा पाइपलाइन ग्यासको आयातमा उल्लेख्य कमी आएको छ । युरोपियन काउन्सिलका अनुसार सन् २०२१ मा ४० प्रतिशत रहेको पाइपलाइन ग्यासको आयात सन् २०२३ मा घटेर ८ प्रतिशतमा सीमित बनेको छ ।  

युक्रेनले ट्रान्जिट सम्झौता अन्त्य गरेसँगै अब युरोपमा पाइपलाइनबाट ग्यास निर्यात गर्नका लागि रुससँग थप एउटा मात्रै विकल्प बाँकी रहेको छ । अब रुससँग टर्कीदेखि बुलगेरियासम्म फैलिएको ट्रकस्ट्रिम पाइपलाइन मात्रै बाँकी रहेको छ ।  

गत वर्ष, २०१९ मा युक्रेनको नाफ्टोगाजसँग ट्रान्जिट सम्झौतामा हस्ताक्षर गर्ने क्रेमलिनको स्वामित्वमा रहेको ग्यास कम्पनी ग्याजप्रोमले ६.९ बिलियन घाटाबरारबरको घाटा व्यहोरेको थियो । जुन २० वर्षको इतिहासमा पहिलो घाटा हो ।  

युक्रेनले अहिले रुसबाट ट्रान्जिट शुल्कमा वार्षिक ८०० मिलियन घाटाको सामना गरिरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.