मंगलवार, जेष्ठ ५,२०८३ 05:10:27
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:10:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उर्जा विकास मार्गचित्र मन्त्रिपरिषद्‍बाट स्वीकृत, सन् २०३५ सम्म २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने बाटो खुला

Laxmi Sunrise Bank Limited
उर्जा विकास मार्गचित्र मन्त्रिपरिषद्‍बाट स्वीकृत, सन् २०३५ सम्म २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने बाटो खुला
Shivam Cement

काठमाण्डौ । सरकारले ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ स्वीकृत गरेको छ । पुस १६ गते बसेको मन्त्रीपरिषद्को बैठकले ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ स्वीकृत गरेको हो ।  

यससँगै अब सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने बाटो खुला भएको छ ।

उक्त प्रस्ताव पास भएसँगै अब ठूला र नयाँ आयोजनामा लगानीका लागि सबै प्रकारका मोडलसमेत खुला भएको छ । यो मार्गचित्र यसअघिका उर्जामन्त्री शक्ति बस्नेतको कार्यकालमा बनेको थियो ।  

Bizshala
New Office
CG Motors

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कसन् २०३५ सम्म २८ हजार मेगावाट बिजुली उत्पादन गर्नका लागि बाटो खुला हुनेगरी विद्युत आयोजनाका लागि सबै मोडल खुला गर्ने विषय कार्ययोजनामा राखिएको जानकारी दिए ।  

उक्त मार्गचित्रले सरकारले बनाउने आयोजनालगायत आन्तरिक तथा बाह्य लगानी र सबै प्रारुपका जलविद्युतहरुलाई अघि बढाउन मार्गप्रशस्त गरेको छ । मन्त्री खड्काले जुन मोडलमा जुन आयोजनामा लगानीकर्ता आउन चाहन्छन् राज्यलाई अधिकतम फाइदा हुने गरी प्रक्रिया बढाउन अब बाटो खुला भएको बताए ।  

Garima Development Bank
Shivam Cement
IME remit

मार्गचित्रमा जलविद्युत् आयोजना, प्रसारण वितरण तथा सवस्टेशनका लागि आवश्यक पर्ने लगानीको विस्तृत विवरणसमेत समेटिएको छ । आगामी १० वर्षमा छिमेकी मुलुक भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौतासमेत भएको र सोबाहेक बङ्गलादेशलगायत अन्य छिमेकी देशहरुमा सन् २०३५ सम्म पाँच हजार मेगावाट विद्युत निर्यात गर्ने योजना मार्गचित्रमा उल्लेख भएको मन्त्रालयले जनाएको छ ।

सन् २०३५ सम्ममा मुलुकको कुल जडित विद्युत क्षमता नै २८ हजार ५०० मेगावाट पु¥याउने लक्ष्य राखिएकोमा हालसम्म करिब ३ हजार ४०० हाराहारीमा मात्र विद्युत उत्पादन भएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.