मंगलवार, असार ३,२०८२ 03:47:30
  • मंगलवार, असार ३,२०८२ 03:47:30
Global IME Bank Limited

युनाइटेड एयरलाइन्समा स्टारलिङ्कको वाइफाई सेवा प्रयोग हुने

Hyundai Nepal
युनाइटेड एयरलाइन्समा स्टारलिङ्कको वाइफाई सेवा प्रयोग हुने
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी विमान कम्पनी युनाइटेड एयरलाइन्सले एलन मस्कको कम्पनी स्टारलिङ्कको वाइफाई सेवा प्रयोग गर्ने भएको छ । कम्पनीले यो वर्षको वसन्त ऋतुदेखि यो सेवा प्रयोग गर्ने तयारी गरेको हो ।  

युनाइटेड एयरलाइन्सले स्टारलिङको सेवा परीक्षण आगामी फेब्रुअरी महिनादेखि गर्नेछ र आगामी वसन्त ऋतुदेखि कम्पनीको विमान,इम्ब्रेयर ई–१७५ को व्यवसायिक उडानमा सेवा प्रयोग गरिनेछ । कम्पनीको प्रग्येक विमानमा स्टारलिङ्कको सेवा उपलब्ध गराइने जनाइएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

युनाइटेड एयरलाइन्सले स्टार लिङ्कको सेवा प्रयोग गर्ने भएसँगै यसलाई मस्कको व्यवसाय साम्राज्य विस्तारको रुपमा हेरिएका छ । मस्कले विद्युतीय सवारीदेखि विविध व्यवसायमा हात हालेका छन् ।  

युनाइटेड एयरलाइन्सका सबै ‘मिलियजप्लस’सदस्यहरुलाई स्टारलिङ्कको सेवा निःशुल्क उपलब्ध गराइनेछ । जसमा स्ट्रिमिङ सेवा, सपिङ,गेमिङ र अन्य सेवाहरु रहनेछन् ।  

स्टारलिङ्क र युनाइटेड एयरलाइन्सले यो सेवाका लागि गत सेप्टेम्बरमा सम्झौता भएको थियो । युनाइटेड एयरलाइन्स आफ्नो विमानमा उच्च गतिको इन्टरनेट प्रयोग गर्ने पहिलो कम्पनी भने होइन । हवाइयेन एयरलाइन्सले पनि गत सेप्टेम्बरमा स्टारलिङ्कको सेवा सबै यात्रुलाई निःशुल्क उपलब्ध गराउने जनाएको थियो ।     

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.