काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा स्टेप अप परियोजना आसमान नेपालको सहकार्यमा साना तथा मझौला व्यवसायीहरूको व्यापार प्रवद्र्धन तथा श्रमसंसार वेभ पोर्टलसम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश कार्यसमिति सदस्य राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुलुकको आर्थिक एवं सामाजिक विकासमा लघु, घरेलु तथा साना उद्योग व्यवसायले टेवा पुर्याएको बताउँदै यी व्यवसायहरूले न्यूनतम श्रोत साधनमा नयाँ–नयाँ रोजगारीका अवसरहरूको सिर्जना गरी अर्थतन्त्रको विकासमा योगदान पुर्याए पनि व्यवसायीहरूको व्यवसाय विकास अपेक्षित रूपमा हुन नसकेको बताए ।
कार्यक्रमलाई इक्यान कोशी प्रदेशका पूर्व अध्यक्ष चार्टड एकाउन्टेन्ट मनोज अधिकारीले व्यापार प्रवर्धन, विद्यमान कर तथा कर नीति सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष चेतन निरौला, मासु व्यवसायी महासंघका सुभाष चन्द्र शिवाकोटी , विराट बायोटेक सञ्चालक ढुन्डीराज ढकाल, ग्रिन यार्ड एग्रो फार्म सञ्चालक गिरिराज बस्नेत, ढाका उद्योगी चन्द्रकला राई, महिला उद्यमी अमृता भण्डारी, सुनिता छराहाङले व्यवसाय प्रवर्धन र कर सम्बन्धी विषयमा आफूले भोगेका समस्याहरू राखेका थिए ।
कार्यक्रममा सहभागीहरूलाई महासंघ कोशीले सञ्चालनमा ल्याएको व्यवसायिक विकास सेवा बारेमा जानकारी गराइएको थियो । स्टेप अप परियोजनाको तर्फबाट युवराज बास्तोलाले श्रमसंसार वेभ पोर्टल सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका थिए भने आसमान नेपाल परियोजना संयोजक गणेश दाहालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा साना तथा मझौला उद्योगी व्यवसायीहरू गरि करिब ४५ जनाको सहभागिता रहेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                