काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ का लागि घोषणा गरेको ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ समेत) माघ १३ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको जनाएको हो ।
हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको कम्पनीले जनाएको छ। सो विवरणहरु अद्यावधि भएपश्चात मात्रै नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।
भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ।
यस्तै कम्पनीले आव २०७२/७३, २०७३/७४ र २०७४/७५ को वार्षिक साधारण सभाबाट पारित लाभांश रकम बुझिलिन नआएका सेयरधनीहरुको लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा गत मंसिर महिनामा जम्मा गरिएको जनाएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (259).jpg) 
                                        (220).jpg) 
                                        (235).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                