मंगलवार, जेष्ठ ५,२०८३ 03:53:44
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:53:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

शरीरको ५-६% भाग जलेपछि अर्थमन्त्री र मेयर चिकित्सकको उच्च निगरानीमा, बलूनमा हाइड्रोजन ग्यास भरिनुको कारण खोज्दै प्रहरी

Laxmi Sunrise Bank Limited
शरीरको ५-६% भाग जलेपछि अर्थमन्त्री र मेयर चिकित्सकको उच्च निगरानीमा, बलूनमा हाइड्रोजन ग्यास भरिनुको कारण खोज्दै प्रहरी
Shivam Cement

काठमाण्डौ । शनिवारदेखि पोखरामा सुरु हुने ’पोखरा भ्रमण वर्ष २०२५’ को समुद्घाटनका क्रममा बलुन बिस्फोट भएर घाइते हुन पुगेका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।  

अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार अर्थमन्त्री र मेयर दुवैको सघन उपचार कक्षमा राखेर उपचार जारी राखिएको छ । बेलुन विस्फोट भई फैलिएको आगोका कारण दुवैको ५–६ प्रतिशत भाग जलेको बताइएको छ । 

Bizshala
New Office
CG Motors

किर्तिपुर अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले एक विज्ञप्ति जारी गरी भनेका छन्उ-'हाँहरुको प्रारम्भिक मूल्याङ्कनअनुसार ५–६ प्रतिशत जलेको, तर अनुहारमा जल भएकोले श्वासनली र फोक्सोमा असर पर्नसक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ।' 

उता, बेलुन विस्फोट भएको विषयमा प्रहरीले अनुसन्धानलाई तीव्र पारेको छ । कास्की जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार बलून आकाशमा उडाउनका लागि हाइड्रोजन भरिएको थियो र त्यसलाई आगोको झिल्काले भेट्दा उद्घाटनको क्रममा विस्फोट हुन पुगेको थियो । 

Garima Development Bank
Shivam Cement
IME remit

विज्ञहरुका अनुसार आकाशमा उडाइने बलूनमा हिलिअम ग्यासको प्रयोग सुरक्षित मानिन्छ। तर हिलिअम महँगो पर्ने भएका कारण बलून भर्ने ठाउँहरूमा हाइड्रोजनको प्रयोग गर्ने गरिएको र पोखरामा पनि यस्तै गरिँदा दुर्घटना भएको प्रहरीको भनाई छ ।  

मुखले हावा भरेर पनि बलुन फुलाउन सकिने अवस्थामा हाइड्रोजनकै प्रयोग भएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रारम्भिक रुपमा हाइड्रोजनका कारण विस्फोट भएको निश्कर्ष निकाले पनि नियतको विषयमा पनि आज कुनै टुंगोमा पुग्न सकिएन । कास्की प्रहरीका एक अधिकारीले भने ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.