आईतवार, असार १,२०८२ 10:23:58
  • आईतवार, असार १,२०८२ 10:23:58
Global IME Bank Limited

नेपाली विद्यार्थी मृत्यु प्रकरणः उपकुलपतिले मागे माफी, दुई कर्मचारी बर्खास्त

Hyundai Nepal
नेपाली विद्यार्थी मृत्यु प्रकरणः उपकुलपतिले मागे माफी, दुई कर्मचारी बर्खास्त
Nabil Bank Limited

काठमाण्डौ । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषयमा नेपाली विद्यार्थीमाथि भएको दमनप्रति विश्वविद्यालय व्यवस्थापनले माफी मागेको छ ।  

विश्वविद्यालयका उपकुलपति प्राध्यापक सरनजित सिंहले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली विद्यार्थीप्रति भएको दमनका विषयमा माफी मागेका हुन् । उनले नेपाली विद्यार्थीलाई नियमित पठनपाठनमा फर्कन समेत आग्रह गरेका छन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै उनले नेपाली विद्यार्थीलाई तत्काल विश्वविद्यालय छाड्न उर्दी जारी गर्ने दुई अधिकृतहरुलाई बर्खास्त गरिएको समेत बताए । उनीहरुले उक्त व्यवहारप्रति माफी समेत मागेको विज्ञप्तीमा जनाइएको छ ।  विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई अनुसन्धानको लागि निलम्बन गरिएको जनाइएको छ ।

यस्तै उनले नेपाली विद्याथीहरु प्रति भारतीय र अन्य देशका विद्यार्थी जत्तिकै माया र सद्भाव रहेको उल्लेख गरेका छन् ।  

आइतबार केआईआईटीमा स्नातक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा लम्सालले आत्महत्या गरेकी थिइन् । सो घटनापछि छानबिन हुनुपर्ने भन्दै नेपाली विद्यार्थीहरूले आन्दोलन गरेका थिए भने कलेज प्रशासनले अमानवीय व्यवहार गर्दै विद्यार्थीहरूलाई निकालेको थियो ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.