मंगलवार, जेष्ठ ५,२०८३ 02:39:34
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:39:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाली विद्यार्थी मृत्यु प्रकरणको विषयमा समस्या समाधान नभए एनओसी रोक्ने सरकारको चेतावनी

Laxmi Sunrise Bank Limited
नेपाली विद्यार्थी मृत्यु प्रकरणको विषयमा समस्या समाधान नभए एनओसी रोक्ने सरकारको चेतावनी
Shivam Cement

काठमाण्डौ । सरकारले भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको विषयमा उत्पन्न समस्या समाधान नगरे वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) रोक्ने चेतावनी दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै घटनाको समाधान नगरे एनओसी रोक्ने चेतावनी दिएको हो। मन्त्रालयले प्रकृति लम्सालको रहस्यमय मृत्यु र तत्पश्चात नेपाली विद्यार्थीहरू प्रति भएको व्यवहारका सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरू प्रतिको भएको व्यवहार निन्दनीय छ,’ विज्ञप्तीमा भनिएको छ, ‘ ‘उक्त घटनाबाट सृजित समस्याको न्यायपूर्ण र वैधानिक रुपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण सस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’  

Bizshala
New Office
CG Motors

उक्त घटनाको जानकारी प्राप्त हुनासाथ मन्त्रालयबाट घटनाको यथार्थ जानकारी एवम् समस्या समाधानको लागि कुटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई फागुन ५ गते नै अनुरोध गरेको र उक्त घटनाबाट विद्यार्थी र अभिभावकको मनोविज्ञानमा पर्न गएको प्रभाव तथा भारत के अन्य विश्वविद्यालयमा अध्ययनरत हजारौ नेपाली विद्यार्थीमा उत्पन्न हुन सक्ने त्रास र अन्योलता समेतलाई दृष्टिगत गरी यथाशिघ्र विश्वविद्यालयका ती सबै विद्यार्थीको पठनपाठन कार्य पूर्ववत सूचारु गराउने व्यवस्था मिलाउनका लागि मन्त्रालयको औपचारिक धारणामार्फत भारत सरकारको ध्यानाकर्षण गराइएको समेत विज्ञप्तीमा उल्लेख छ ।

Garima Development Bank
Shivam Cement
IME remit

विज्ञप्तीमा विद्यार्थीहरूले निर्वाध रूपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताको लागि कुटनीतिक तवरबाट परराष्ट्र मन्त्रालयमार्फत् मन्त्रालयले निरन्तर पहल गरिरहेको र त्यसका अतिरिक्त सो घटनाबाट प्रभावित विद्यार्थी तथा अभिभावकलाई आकश्मिक सहजीकरण एवम् सहायता प्रदान गर्ने तथा भावी दिनमा अन्य विदेशी विश्वविद्यालयमा समेत घट्न सक्ने विद्यार्थीका शैक्षिक समस्या समाधान गर्न पूर्वयोजना सहित मन्त्रालयको भूमिका अझ प्रभावकारी तुल्याउने उद्धेश्यले यस मन्त्रालयमा तपसिलका कर्मचारी सहितको सहायता कक्ष स्थापना गरिएको जानकारी दिइएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.