बुधबार, असार १७,२०८३ 10:25:59
Bizshala
  • बुधबार, असार १७,२०८३ 10:25:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयर बादशाहको नगद मोहः खाजा खर्च मात्र ४ डलर, कोकाकोला भनेपछि मरिहत्ते !

Laxmi Sunrise Bank Limited
सेयर बादशाहको नगद मोहः खाजा खर्च मात्र ४ डलर, कोकाकोला भनेपछि मरिहत्ते !

काठमाण्डौ । विश्वका सेयर बादशाह तथा तेश्रो धनी व्यक्ति वारेन बफेटले आफ्नो निजी जिन्दगीको विषयमा केही रोचक कुराहरुको खुलासा गरेका छन् ।  

वर्कसायर हाथ्वेका सीइओ बफेटको एक अन्तरवार्ताको दौरान आफ्नो पर्स खोलेर अन्तर्वार्ताकारलाई देखाउँदै भनेका छन् कि उनी दुई चिज सधैं आफ्नो पर्समा राख्ने गर्छन । याहू फाइनान्सलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन् कि उनी सधैं आफ्नो पर्समा दुई चिज राख्न कहिल्यै बिर्सदैनन्, ती चिज हुन्ः १०० डलर नगद र अमेरिकन एक्सप्रेस कार्ड ।  

New Office
CG Motors
Garima Development Bank

उनले भनेका छन्–‘म पर्समा ४०० डलर नगद समेत राख्नसक्थेँ, तर यो सबै मेरी श्रीमतीका कारण हुन्छ ।’ उनको भनाईमा उनकी ७३ वर्षीया पत्नी एस्ट्रिड म्यान्क्स कार्ड भन्दा नगद नै प्रयोग गर्न बढी मन पराउँछिन् ।  

बफेटले खर्च गर्ने विषयमा पुरानो आदत हटाउन निकै मुश्किल पर्ने गरेको बताएका छन् ।  

उनले अन्तर्वार्तामा भनेका छन्–‘मैले सन् १९६४ मा अमेरिकन एक्सप्रेस कार्ड लिएको थिएँ । तर, म ९८ प्रतिशत काममा नगद नै भुक्तानी गर्ने गर्छु । यदि म कुनै रेष्टुराँमा छु भने म सधैं क्यास(नगद) नै दिने गर्छु । किनभने यो धेरै सजिलो छ ।’

बफेट विश्वको तेश्रो धनी व्यक्ति हुन्, तर उनी खर्च गर्ने मामलामा निकै मितव्ययी छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वारेन बफेट अहिले पनि सोही घरमा छन्, जुन घर ६० वर्षअघि उनले खरीद गरेका थिए । उनी सामान्य कारमै चढ्छन भने आफ्नो नास्तामा बढीमा ४ डलर भन्दा बढी खर्च गर्दैनन् ।  

बफेट उनको अस्वस्थ डाइटको विषयमा समेत चर्चित छन् । किनभने उनी प्रत्येक दिन कोकाकोलाको ५ क्यान पिउँछन् र मेकडोनाल्ड्सको फास्टफूड उनलाई निकै मन पर्छ । यो विषयमा समेत उनले हालै फाइनान्सियल टाइम्सको एक अन्तर्वार्तामा भनेका थिए ‘म आफ्नो मृत्युबाट कहिल्यै डराउन्न ।’  

उनको असन्तुलित भनिएको डाइटबाट उनको स्वास्थ्यमा खासै ठूलो असर देखिन्न र यहीकारण उनी आफ्नो कम्पनीलाई व्यवस्थित गर्ने विषयमा निकै उर्जाशील समेत हुन्छन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.