IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 12:12:05
IME remit
Global IME Bank Limited

भारतीय सेयरबजारबाट पलायन हुँदै विदेशी लगानीकर्ता, एकै महिनामा बेचे भारु. ३४ हजार करोड बढीको सेयर

Hyundai Nepal
भारतीय सेयरबजारबाट पलायन हुँदै विदेशी लगानीकर्ता, एकै महिनामा बेचे भारु. ३४ हजार करोड बढीको सेयर
Shivam Cement

काठमाण्डौ । विदेशी संस्थागत लगानीकर्ता(एफआईआई)ले एक महिनाको अवधिमा भारतीय सेयर बजारबाट ३४ हजार ५७४ करोड भारु निकालेका छन् । सन् २०२५ को पहिलो दुई महिनामा भने विदेशी संस्थागत लगानीकर्ताले कुल १.१२ लाख करोड भारुबराबरको सेयर बिक्री गरेका छन् ।  

एफआईआईले जनवरी महिनामा ७८ हजार भारु बढीको सेयर बिक्री गरेका छन् । भारतीय सेयरको उच्च भ्यालुएसन र कर्पोरेट आम्दानीको वृद्धिको विषयमा देखिएको चिन्ताका कारण विदेशी संस्थागत लगानीकर्ताले भारतीय सेयर बजारबाट आफ्नो लगानी निकालिरहेको भारतीय सेयर बजारका विज्ञहरुले बताएका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

गत डिसेम्बर महिनामा एफआईआईले भारतीय सेयर बजारबाट १५ हजार ४४६ करोड भारुबराबरको लगानी गरेका थिए ।  

गत साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार एफआईआर्फले उल्लेख्य मात्रामा सेयर बिक्री गरेका थिए । यस्तै उक्त दिन घरेलु लगानीकर्ता(डीआईआई)ले भने उच्च मात्रामा सेयर खरिद गरेका थिए । प्रोभिजनल डेटाका अनुसार २८ फेब्रुअरीमा एफआईआर्फले ११ हजार ६३९ करोड भारुबराबरको सेयर बिक्री गरेका थिए । उता डीआईआईले भने उक्त दिन १२ हजार ३०८.६३ करोड भारुबराबरको सेयर खरिद गरेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

अमेरिकी बोन्डको प्रतिफलमा आएको बढोत्तरीका कारण भारतीय बजारमा विदेशी संस्थागत लगानीकर्ताले सेयर बिक्री बढाएको जनाइएको छ । यतिबेला  अमेरिकी डलर बलियो बन्नुका साथै विश्व अर्थतन्त्रमा अनिश्चितता छाएको छ ।

जसका कारण लगानीकर्ताको ध्यान अमेरिकातर्फ बढेको छ । वित्त–वर्षको तेस्रो त्रैमासमा भारतीय कम्पनीहरुको वित्तीय अवस्थामा समेत कमजोर देखिएकाले अनिश्चितता निम्तिएको छ ।  

यस्तै भारतमा हाई भ्यालुएसनका कारण एफआईआईले चिनियाँ बजारमा लगानी बढाएका छन् ।    

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.