आईतवार, जेष्ठ ३,२०८३ 04:08:45
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:08:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राशि अनुसारको व्यापार रोजे मालामाल, यस्तो छ विभिन्न राशिलाई फाप्ने व्यापार र क्षेत्र

Laxmi Sunrise Bank Limited
राशि अनुसारको व्यापार रोजे मालामाल, यस्तो छ विभिन्न राशिलाई फाप्ने व्यापार र क्षेत्र
Shivam Cement

काठमाण्डौ। तपाईं कुनै विजिनेश सुरु गर्ने सोचिरहनुभएको छ ? वा सुरु गर्न गइरहनु भएको छ कि ? वा, कुन विषयमा प्रवेश गर्ने वा करिअर बनाउने भन्ने अलमलमा पो हुनुहुन्छ कि ? यदि छ भने तपाईंले राशिसँग जोडिएका केही कुराहरुतर्फ ध्यान दिनुभयो भने यसले ठूलो सहयोग हुनसक्छ । अझ एसएलसी उत्तीर्ण भएर आगामी दिनमा कुन विषय रोज्ने भन्ने बिलखबन्दमा रहेकाहरुका लागि यो सामाग्री अझ बढी सहयोगी बन्नसक्छ । ज्योतिष विज्ञानका अनुसार करिअर, पढाई तथा व्यापार व्यवसायको सफलताका लागि राशिको निकै महत्वपूर्ण भूमिका हुन्छ । यदि राशिलाई ध्यानमा राखेर पढाई, करिअर तथा व्यवसाय सुरु गर्ने हो भने सफल हुने संभावना बढी हुन्छ । कुन राशिलाई कस्तो पढाई, करिअर र व्यवसाय गर्नु उत्तम मानिन्छ, आउनुहोस् हेरौं ।  

मेष

मेष राशि भएका व्यक्तिहरुका लागि गणित, फिजिक्स र अकाउण्ट बिषयमा अधिक सफलता मिल्छ । यी व्यक्तिहरुका लागि सेना, आर्किटेक्ट, अस्त्र, शस्त्र, बास्तुशास्त्र सम्बन्धी करिअर वा यस्ता बिषयसँग जोडिएको क्षेत्रमा व्यापार गर्दा उत्तम हुन्छ । यी क्षेत्रहरुसँग जोडिएर व्यापार गर्दा सफलता पाइन्छ । राशिमा मंगलको साथमा सूर्यको समेत उपस्थिति हुन्छ भने सरकारी क्षेत्रमा सफलता प्राप्त हुन्छ । यी राशि भएका मानिसले अधिक सफलताका लागि रातो रंगको कपडा लगाउन आवश्यक हुन्छ । मुसुरो दाल दान गर्दा शुभ फल प्राप्त हुन्छ ।  

वृष

वृष राशिका मानिस कलाप्रेमी हुन्छन । यस्ता व्यक्तिहरु अभिनय, गायनमा जम्न सक्छन । अटोको व्यापार, इलेक्ट्रिक इक्वीपमेन्टको व्यापार समेत फाप्छ । यसैगरी, नाट्यकला, म्यूजिक सम्बन्धी व्यवसाय, आर्ट पेन्टिङ र जिओलोजीसँग सम्बन्धित व्यापार फाप्छ । यिनै क्षेत्रसँग जोडिएको व्यापार र व्यवसायमा यो राशि भएका व्यक्तिले सफलता पाउने संभावना बढी हुन्छ । यो राशिको स्वामी शुक्र हुन्छ, यसको अर्थ कपडा र किरानाको व्यवसाय पनि फाप्छ । अधिक सफलताका लागि यो राशि भएका व्यक्तिहरुले सेतो रंगको कपडा बढी लगाउनुपर्छ ।  

Bizshala
New Office
CG Motors

मिथुन

यो राशिका व्यक्तिले प्राध्यापक, शिक्षक, कवि, गीतकार, संगीतकार, प्रवचनकर्ता, ज्योतिषी, गणित, केमेस्ट्री, जिओलोजी, अकाउण्ट, होटल म्यानेजमेन्ट, फाइनान्स, बैकिङसँग सम्बन्धित बिषय छान्दा उत्तम हुन्छ । यिनै क्षेत्रसँग जोडिएको व्यापारमा मिथुन राशि भएकाले प्रवेश गर्दा अधिक सफलता मिल्छ । अधिक सफलता प्राप्त गर्न यो राशि भएका व्यक्तिले हरियो कपडा लगाउन आवश्यक हुन्छ । यो राशिका व्यक्तिलाई मुंग दालको सेवन र दान उत्तम मानिन्छ भने सूर्यको पूजनले अधिक फल दिन्छ ।  

कर्कट

यो राशि हुने व्यक्तिका लागि जलीय वस्तु, सख्खर, चामल, चाँदी, शिक्षण, वस्त्र, स्त्रीको कपडा, रेशम, सौन्दर्य सामाग्री, रंग, उपकरण मर्मतको काम, कमर्स, आर्ट, जिओलोजी, म्यानेजमेन्ट, कम्प्युटर सम्बन्धी बिषय छनौट गर्नु उचित हुन्छ । यी बिषयसँग जोडिएको नोकरी र व्यापार कर्कट राशि हुनेहरुका लागि फाप्छ । अत्यधिक सफलताका लागि यो राशि भएका व्यक्तिले सेतो कपडा लगाउनुपर्छ । शिव र नारायण भगवानलाई चामलको भोग दिनुपर्छ भने चामल आफूले सेवन गर्दा अझ उत्तम मानिन्छ ।  

सिंह

यो राशि भएका व्यक्ति निकै प्रतिभाशाली हुन्छन । यो राशि भएका व्यक्तिहरुका लागि करिब–करिब सबै खालका व्यवसायमा सफलता प्राप्त हुने योग हुन्छ । यो राशि भएका व्यक्ति एड्भाइजर, ज्योतिष, इञ्जिनियर, चिकित्सक, वैज्ञानिक, सेनामा बढी सफल हुन्छन् । यस्ता राशि भएका व्यक्तिहरु निकै कुशल मेनेजर समेत बन्न सक्छन् । यी व्यक्तिका लागि सबै बिजिनेश विषय अनुकुल हुन्छ । कमर्स, अकाउण्ट र कानूनमा पनि अधिक सफलताको संभावना हुन्छ । अत्यधिक सफलताका लागि यो राशि भएका व्यक्तिले आदित्य हृदय स्त्रोत पाठ गर्नुको साथै रातो रंगको कपडा लगाउनु लाभदायक हुन्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

कन्या

यो राशि भएका व्यक्तिका लागि शिक्षा तथा शिक्षण, लेखन, अभिनय, म्यूजिक क्षेत्रमा अधिक सफलता प्राप्त हुन्छ । यस्ता व्यक्तिका लागि जिओलोजी, फिजिक्स, केमेस्ट्री, गणित, अकाउण्ट बिषय अनुकुल हुन्छ । अत्यधिक सफलताका लागि हरियो कपडा लगाउनुहोस् । गणेश भगवानको पूजा गर्नु लाभदायक मानिन्छ ।  

तुला

यो राशि भएका व्यक्तिका लागि अभियन, संगीत, सेना, व्यवस्थापन, कानून, बैंक, बिमा, फाइनान्स, मेसिनरी र कम्प्युटरको क्षेत्र फाप्छ । यही क्षेत्रसँग सम्बन्धित नोकरी गर्नु वा व्यापार गर्नु लाभदायक हुन्छ । कमर्स, इकोनोमिक्स, वनस्पति शास्त्र, गणित बिषय चयन गर्नु शुभ मानिन्छ । अत्यधिक सफलताका लागि यो राशि भएका व्यक्तिले नीलो वस्त्र लगाउनुहोस् भने हनुमान चालिसाको पाठ गर्ने गर्नुहोस् ।  

वृश्चिक

यो राशि भएका व्यक्तिका लागि सेना र शस्त्र सम्बन्धी कार्य, प्रहरी, रक्षा, कानून, सामाजिक सेवा, राजनीतिको  क्षेत्रमा अधिक सफलता प्राप्त हुन्छ । फिजिक्स, गणित, कानून, अकाउण्ट, राजनीतिशास्त्र, होटल म्यानेजमेन्ट, मानव संसाधन जस्ता बिषय रोज्नु लाभदायक हुन्छ । यी विषयसँग जोडिएका व्यापार व्यवसाय पनि यस्ता व्यक्तिका लागि श्रेयस्कर हुन्छ । अधिक सफलताका लागि यो राशि भएका व्यक्तिले रातो रंगको कपडा लगाउनुपर्छ भने हनुमानको पूजाअर्चना गर्नुपर्छ ।  

धनु

यो राशि भएका व्यक्तिका लागि नाट्य, ललितकला, सुनचाँदीको व्यवसाय, किराना, सामाजिक सेवा, अध्यात्म गुरु, म्यानेजर, होटल, स्कूल संचालक लगायतको क्षेत्र शुभ मानिन्छ । विज्ञान, गणित, कमर्स, अकाउण्ट एवम् सबै बिषय यो राशिका लागि अनुकुल मानिन्छ । यो राशि भएका व्यक्तिले अधिक सफलता पाउन पहेंलो रंगको कपडा लगाउनुहोस् भने आफ्ना गुरुलाई सम्मान गर्दै गुरुमन्त्रको जप गर्ने बानी बसाल्नुहोस् ।  

मकर

यो राशि भएका व्यक्ति मेशिनरी, मर्मतको काम, कम्प्युटर, सिभिल इञ्जिनियर, आर्किटेक्ट, वास्तु विज्ञान, गुप्तचर, वैज्ञानिक, राम्रो खोजकर्तामा जम्न सक्छन । यस्ता व्यक्तिका लागि गणित, फिजिक्स, केमेस्टी, संस्कृत भाषा, अकाउण्ट, म्यानेजमेन्ट सम्बन्धी बिषय शुभ मानिन्छ । अत्यधिक सफलताका लागि कालो रंगको कपडा लगाउनुपर्छ भने हनुमानजीको पूजा अर्चना गर्नुपर्छ ।  

कुम्भ

यो राशि भएका व्यक्तिको कार्यक्षेत्र अधिकांश मकर राशिसँग मिल्दोजुल्दो हुन्छ । किनभने यी दुवै राशिको स्वामी शनि हो । यसका अतिरिक्त सेना, टेक्निकल, मेडिसिन क्षेत्रमा समेत सफलता प्राप्त हुन्छ । वनस्पति शास्त्र, गणित, फर्मा, इलेक्ट्रिकको बिषय समेत उत्तम हुन्छ । अधिक सफलताका लागि कालो वस्त्र लगाउने गर्नुहोस् र हनुमानजीको पूजा अर्चनामा ध्यान दिनुहोस् ।  

मीन

यो राशि भएका व्यक्तिका लागि अद्यात्म, मेटल बिक्रेता, भेइकल, इलेक्ट्रिक उपकरणको बिक्रेता, गुप्तचर विभाग, फायर सर्भिस र अदालती सेवामा अधिक सफलता प्राप्त हुन्छ । गणित, साइन्स र कमर्स र अन्य सबै बिषय शुभ नै मानिन्छ । अत्यधिक सफलताका लागि पहेंलो कपडा लगाउने गर्नुहोस् र शिव भगवानको पूजा गर्नुहोस् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.