मंगलवार, जेष्ठ ५,२०८३ 02:39:32
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:39:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

तारे होटल तथा रेष्टुरेन्टका मजदुरहरु आन्दोलनमा ,सर्बोच्चको फैसलामाथि प्रश्न

Laxmi Sunrise Bank Limited
तारे होटल तथा रेष्टुरेन्टका मजदुरहरु आन्दोलनमा ,सर्बोच्चको फैसलामाथि प्रश्न
Shivam Cement

काठमाण्डौ। सेवाशुल्क पुनः प्राप्तिको लागि भन्दै विभिन्न तारे होटल तथा रेष्टुरेन्टका मजदुर तथा कर्मचारीहरु जागरण अभियानमा जुटेका छन् । बुधबार राजधानीका सोल्टीलगायत विभिन्न होटलहरुको प्राङ्गणमा भएका कार्यक्रममा उनीहरुले सर्बोच्च अदालतले गरेको फैसलाको कारण मजदुरहरु अन्यायमा परेको गुनासोसमेत गरेका हुन् ।

अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले आयोजना गरको सो कार्यक्रममा संगठनका अध्यक्ष कुमार पन्तले श्रमिकहरुले पाउनु पर्ने सेवाशुल्क पुनः प्राप्ति नहुन्जेल संघर्ष जारी राख्ने उद्घोष गरे । मजदुरहरुले उपभोग गरिरहेका सेवा–सुविधाहरुलाई यो वा त्यो बहानामा कटौती गरिनु दुर्भाग्य भएको बताउँदै भने, ‘खाइपाई आएका सुविधाहरुलाई राज्य पूर्वाग्रही भयो–भयो न्यायलय पनि प्रभावित भएर मजदुरका विरुद्धमा पक्षपाती बन्यो, अब यसविरुद्धमा जाग्नैपर्छ ।’ अध्यक्ष पन्तले २ वर्षअघि सर्बोच्च अदालतले सेवाशुल्क खारेज गरेदेखि आफ्नो संगठन निरन्तर संघर्षमा रहेको र आगामी चैत १ गतेबाट माईतिघर मण्डलामा हुने धर्ना कार्यक्रममा सम्पूर्ण मजदुरहरुलाई सहभागि हुन अपिल गरे ।

Bizshala
New Office
CG Motors

सो संगठनका वरिष्ठ उपाध्यक्ष मिलन मल्लले सर्बोच्च अदालतले श्रम क्षेत्रको सेवा शुल्क सम्बन्धी व्यवस्थालाई खारेज गरेर श्रमिक विरोधी फैसला गरेको भन्दै आक्रोष व्यक्त गरे । सेवा शुल्क लिन पाउने व्यवस्था नेपालको मात्रै नभएर अन्तराष्ट्रिय चलनविरुद्ध पनि रहेको बताउँदै भने, ‘यसरी केही उपभोक्तावादी मानिसहरुको इन्ट्रेस पूरा गर्न न्यायालय पनि प्रभावित हुँदाको परिणाम आज नेपालको दक्ष श्रमिकहरु विदेश पलायन हुन बाध्य भएका छन् ।’

संगठनका महासचिव रामकुमार खड्काले सेवाशुल्क कानूनीरुपमा लागु हुनुपर्ने मात्रै नभएर नियमित काममा स्थायी श्रमिक नियूक्तिको व्यवस्थाको लागि पनि यो संघर्ष अनिबार्य भएको बताए ।

उपाध्यक्ष सुसिल राजभण्डारीले पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई नेपाल सरकारको श्रेणीविहिन कर्मचारी सो सरह न्यूनतमा बेतनको व्यवस्था नभए दक्ष जनशक्ति बाध्य भएर विदेशीने र देश खालि हुनेप्रति चिन्ता व्यक्त गरे ।

उपमहासचिव सुदर्शन तिमल्सिनाले सम्पूर्ण मजदुरहरुलाई अनिबार्य सामजिक सुरक्षा कोषमा आबद्ध गरिनु पर्ने धारणा राखे ।

Garima Development Bank
Shivam Cement
IME remit

अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुरा मजदुर संघका सचिव तथा सो संगठनको सोल्टी होटल इकाई समिति अध्यक्ष सुमन महर्जनले सोल्टीमा मात्रै नभएर देशैभर मजदुरहरु अन्यायमा परेकाले उनिहरुको अधिकारका लागि संघर्ष चर्काउनु पर्ने बताए ।

नेपाल पर्यटन तथा होटल समबद्ध श्रमिक संघ सोल्टी इकाई समिति सचिव सुसन चौलागाईले मजदुरहरुको पक्षमा गरिएको संघर्ष सकारात्मक रहेको र त्यसमा आफ्नो संगठनको ऐक्यबद्धता जाहेर गरे ।

सो जागरण सभामा अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका सचिवालय सदस्य रमेशलाल श्रेष्ठ, संगठनका केन्द्रीय सदस्य तथा एण्डीजका अध्यक्ष दिपक खड्का, सोल्टी होटल फ्रन्ट अफिस स्टाफ अनिता रेग्मी, सो होटलका किचेन डिपार्टमेन्ट स्टाफ ऋदेश पाण्डे, हाउसकिपिङ स्टाफ द्वोय रमेश थापा र मनकृष्ण खत्रीका साथै सोल्टी होटल उच्च व्यवस्थापनसहति सम्पूर्ण मजदुर तथा कर्मचारीहरुले सेवा शुल्क पुनः प्राप्ति नहुञ्जेल निरन्तर संघर्ष जारी राख्ने बताएका थिए ।

फागुन १८ गतेदेखि ललितपुरस्थित होटल हिमालय र लैनचौरस्थित होटल मल्लबाट सुरु भएको मजदुर जागरण अभियान निरन्तर चलिरहेको छ । आज २१ गते बुधबार होटल सोल्टी, चन्द्रागिरी हिल्स, बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टलगायतका होटल तथा रेस्टुरेन्टहरुमा विभिन्न मजदुर नेताहरुको उपस्थितिमा अभियान सम्पन्न भएको छ ।

यस्ता छन्, मजदुर जागरण अभियान चलाउनुका मुख्य कारणहरु

१. सेवाशुल्क कानूनीरुपमा लागु गराउन ।

२. नियमित काममा स्थायी श्रमिक नियूक्तिको व्यवस्थाको लागि ।

३. पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई नेपाल सरकारको श्रेणीविहिन कर्मचारी सो–सरह न्यूनतम बेतन कायम गराउनको लागि ।

४. सम्पूर्ण मजदुरहरुलाई अनिबार्य सामजिक सुरक्षा कोषमा आबद्ध गराउन 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.