आईतवार, असार १,२०८२ 10:03:22
  • आईतवार, असार १,२०८२ 10:03:22
Global IME Bank Limited

सरकारले सोध्यो कुलमान घिसिङलाई ७२ घण्टे स्पष्टीकरण, हटाउने अन्तिम तयारी

Hyundai Nepal
सरकारले सोध्यो कुलमान घिसिङलाई ७२ घण्टे स्पष्टीकरण, हटाउने अन्तिम तयारी
Nabil Bank Limited

काठमाण्डौ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ ।  

बुधबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाई ७२ घण्टे स्पष्टीकरण सोधेको हो । यसअघि पटक पटकको मन्त्रीस्तरीय प्रयास असफल भएपछि सिंगो सरकार नै कुलमानलाई हटाउने प्रक्रियामा अगाडि बढेको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एक मन्त्रीकाअनुसार कुलमानलाई पदबाट किन नहटाउने भन्दै पत्र लेखी ७२ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।  

कुलमानले उर्जा मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौता अनुसार भदौ महिनाभित्र बुझाइसक्नुपर्ने आवश्यक विवरण नबुझाएका र लामो समयदेखि मन्त्री तथा सरकारका मान्छेलाई नटेरेका आरोप खेप्दै आएका छन् । सम्झौताअनुसार कार्यसम्पादन विवरण नबुझाएका कुलमानलाई मन्त्रीले शून्य अंक दिएका थिए । 

तेस्रो वर्ष कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक ल्याएको अवस्थामा कार्यकारी निर्देशकलाई पदबाट हटाउनसक्ने व्यवस्था रहेको र त्यसमै टेकेर उनलाई पदबाट हटाउने अन्तिम तयारी थालिएको हो ।  

यसअघि उर्जा मन्त्रालयले घिसिङलाई दुईपटक स्पष्टीकरण सोधिसकेको छ । दुईपटक नै मन्त्रालय स्तरबाट कुलमानलाई पदबाट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगे पनि त्यसलाई निर्णय प्रक्रियामा ल्याइएको थिएन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.