आईतवार, असार १,२०८२ 10:39:26
  • आईतवार, असार १,२०८२ 10:39:26
Global IME Bank Limited

लगानीकर्ताले सेयर धितो राखेर लिए रु.१.१५ खर्ब लोन, कुनबाट कति ?

Hyundai Nepal
लगानीकर्ताले सेयर धितो राखेर लिए रु.१.१५ खर्ब लोन, कुनबाट कति ?
Nabil Bank Limited

काठमाण्डौ । सेयर धितो राखेर लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट एक खर्ब भन्दा बढी लोन लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ७ महिनासम्ममा लगानीकर्ताहरुले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट सेयर धितो राखी १ खर्ब १५ अर्ब ५२ करोड रुपैयाँ ऋण लिएका हुन् ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३५.५४ प्रतिशत बढी हो । गत आवको ७ महिनासम्ममा लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट सेयर खरिद गर्न वा अन्य प्रयोजनका लागि ८५ अर्ब २३ करोड रुपैयाँ ऋण लिएका थिए ।  

७ महिनासम्ममा सर्वाधिक वाणिज्य बैंकहरुबाट यो प्रवृत्तिको ऋण प्रवाह भएको छ । वाणिज्य बैंकहरुबाट मात्रै सो अवधिसम्म ९३ अर्ब १२ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको तुलनामा ३९.७२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुमा लगानीकर्ताहरुले ऋण लिन ६६ अर्ब ६५ करोड रुपैयाँ सेयर धितो राखेका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हिमालयन बैंक र एनआइसी एशिया बैंकबाहेक सबै बैंकबाट यस्तो कर्जा प्रवाह बढेको छ । नेपाल एसबिआई बैंकको सेयर धितो कर्जा प्रवाह भने गत आवको तुलनामा १९५५.९८ प्रतिशतले बढेको छ भने ७ महिनासम्ममा सर्वाधिक नबिल बैंकबाट १२ अर्ब ९५ करोड रुपैयाँको कर्जा प्रवाह भएको छ ।  

त्यस्तै, विकास बैंकहरुबाट पनि सो अवधिसम्म १८ अर्ब ३० करोड रुपैयाँको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा २२.८५ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म विकास बैंकहरुबाट १४ अर्ब ८९ करोड रुपैयाँको सेयर धितोकर्जा प्रवाह भएको थियो ।  

सो अवधिसम्म एक्सेल डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक बाहेक सबैको यस्तो कर्जा प्रवाह बढेको  छ ।  

त्यस्तै, फाइनान्स कम्पनीहरुबाट भने सो अवधिसम्म ४ अर्ब ९ करोड रुपैयाँ सेयर धितोकर्जा प्रवाह भएको छ । यो रकम गत आवको तुलनामा ११.२६ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुबाट ३ अर्ब ६७ करोड रुपैयाँ सेयर धितोकर्जा प्रवाह भएको थियो ।  

सो अवधिसम्म गुडविल फाइनान्स, पोखरा फाइनानस, प्रोग्रेसिभ फाइनान्स, आइसीएफसी फाइनान्स र रिलायन्स फाइनान्सको यस्तो कर्जा प्रवाह घटेको छ भने बाँकी सबैको बढेको छ । सर्वाधिक सेन्ट्रल फाइनान्सको यस्तो कर्जा प्रवाह ३२४.०८ प्रतिशतले बृद्धि भएको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.