आईतवार, असार १,२०८२ 09:02:27
  • आईतवार, असार १,२०८२ 09:02:27
Global IME Bank Limited

अमेरिकी सेयरबजारको बाउन्सब्याक, अधिकांश एशियाली बजारमा समेत हरियाली

Hyundai Nepal
अमेरिकी सेयरबजारको बाउन्सब्याक, अधिकांश एशियाली बजारमा समेत हरियाली
Nabil Bank Limited

काठमाण्डौ । शुक्रबार अमेरिकी सेयर बजारले ‘बाउन्सब्याक’ गरेको छ । आज तीववटै अमेरिकी सेयर बजार मापक इन्डेक्समा हरियाली छाएको छ ।  

यो दिन एस एण्ड पी५०० इन्डेक्स ०.९ प्रतिशतले बढेको छ । यस्तै नास्डक १.२ प्रतिशत र डाउ जोन्स ०.६ प्रतिशतले बढेका छन् । सिनेट अल्पसंख्यक नेता चक स्कुमरले रिपब्लिकन सरकारको फण्डिङ बिल  नरोक्ने बताएसँगै लगानीकर्ताको मनोबल बढ्दा अमेरिकी सेयर बजारमा वृद्धि देखिएको हो ।  

बिहिबार एस एण्ड पी५०० इन्डेक्स १.४ प्रतिशतले घटेको थियो । यस्तै डाउ जोन्स र नास्डक पनि क्रमशः१.३ प्रतिशत र २ प्रतिशतले झरेका थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

डाउ जोन्स लगातार दुई साता घट्ने अवस्थामा पुगेको छ । यसका साथै डाउ जोन्सले सन् २०२२ जुन पछिकै सबैभन्दा खराब साताको सामना गरेको छ ।  

यस्तै एस एण्डपी५०० र नास्डकको पनि लगातार ४ साता घट्ने बाटोमा अग्रसर रहेको छ ।  

यस्तै आज अधिकांश एशिया प्यासेफिक बजारमा समेत वृद्धि देखिएको छ । चीनको सेयर बजार मापक इनडेक्स सीएसआई३०० आज २.४३ प्रतिशत,हङकङको हाङसेङ इन्डेक्स २.१२ र जापानको निक्की२२५ इन्डेक्स ०.७२ ले बढेको छ । दक्षिण अफ्रिकाको कोस्पी इन्डेक्स  भने आज ०.२८ प्रतिशतले घटेको छ ।  

आज भारतीय सेयर बजार होलिका कारण बन्द छन् ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.