मंगलवार, जेष्ठ ५,२०८३ 02:39:01
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:39:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विराटनगरमा आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न

Laxmi Sunrise Bank Limited
विराटनगरमा आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न
Shivam Cement

काठमाण्डौ । आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न भएको छ । बिग होटलमा आयोजित उक्त कार्यक्रम आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विस कन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा सम्पन्न भएको छ ।  

यस सम्मेलनमा कृषि, डिजिटल सेवा प्रदायक, र पर्यटनसँग सम्बन्धित कोशी प्रदेशका उद्यमीहरूले लगानीकर्ता समक्ष लगानीका लागि आफ्नो उद्यमको कार्यकारी अवस्था प्रस्तुत गरेका थिए । सम्मेलनको मुख्य उद्देश्य उद्यमीहरूलाई लगानीकर्तासँग जोड्नु थियो ।

सम्मेलनमा हिमालयन ह्वाइट ड्रप डेरीका योगेन्द्र गिरि, बी एन्ड बी ब्रिडिङका भीम श्रेष्ठ, ब्राइट फिडका गोपाल श्रेष्ठ, नेपालीरिका होटलका आकाश दुलाल, गोर्खा टी स्टेटका सौरभ थपलिया, प्रथम आईटीका सुरज चिमरिया, र जयपति डेरीका यादव ढकाल गरी ७ उद्यमीहरूले आफ्नो उद्यमबारे प्रस्तुति दिएका थिए । लगानीकर्ताको रूपमा टिम भेन्चर्स, अल्फा पल्स, र एनआईएमबीएस. क्यापिटलको उपस्थिति थियो ।  

सम्मेलनमा जयपति कृषि फर्म र डीभी एक्सलेसले कामधेनु डेरीका १०० किसानलाई २ लाखसम्मको बिना धितो ऋण दिने एनआईएमबीएस. बैंकमार्फत प्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर गरे। यसले साना किसानलाई ऋण लिन सहजता ल्याउने विश्वास व्यक्त गरियो ।

लक्ष्मी सनराइज बैंककी प्रमुख व्यवसाय अधिकारी आरती राज्य लक्ष्मी रानाले यस्ता एक्सिलेरेटर कार्यक्रमहरूले व्यवसायहरूको आत्मविश्वास बढाउन सकारात्मक भूमिका खेल्ने बताइन् र यस्ता कार्यक्रमहरू निरन्तर हुनुपर्नेमा पनि जोड दिइन् । त्यस्तै गरी, कृषि विकास बैंकका उप–महाप्रबन्धक मिनराज पोखरेलले कृषि र गैर–कृषि उद्यमहरूलाई ऋण उपलब्ध गराउन बैंक इच्छुक रहेको जानकारी गराए ।

Bizshala
New Office
CG Motors

स्विस कन्ट्याक्ट र आध्यन्तको सम्युक्त लगानीमा गरिएको एकस्लेरेटर कार्यक्रममार्फत  उद्यमीहरूले आफ्नो व्यवसाय निर्माण र विस्तारका विभिन्न क्षेत्रमा तालिम प्राप्त गरेका छन् । यस कार्यक्रमसँगै आध्यन्त एक्सिलेरेटर कार्यक्रमको दोस्रो सत्र पनि औपचारिक रूपमा समापन भएको छ । आध्यन्तले पहिले पनि कोशी प्रदेशमा लगानी सम्मेलन आयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर गुरुङले लगानी बिना उद्यमको विकास सम्भव नहुने बताए । उनले कोशी प्रदेश सरकारले लगानी सम्मेलनमार्फत यस विषयलाई सम्बोधन गर्ने प्रयास गरिरहेको उल्लेख गरे ।

त्यस्तै, उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गामले नेपाली वस्तुहरूले विदेशी बजार पाउन सके थप आर्थिक विकास सम्भव हुने बताए ।

आध्यन्तका सह–संस्थापक र निर्देशक मनोज पौडेलले कोशीसँग गहिरो र दीर्घकालिक सम्बन्ध रहेको जानकारी दिए । कोशीका विभिन्न व्यवसायमा लगभग ८२ करोड रुपैयाँको लगानी गर्दै आध्यन्तले यस क्षेत्रमा अझै अपार सम्भावनाको ठूलो अवसर देखिरहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

नेपाल बजार विकास कार्यक्रमकी टिम लिडर रीमा श्रेष्ठले एक्सिलेरेटर कार्यक्रमले व्यवसायलाई वृद्धि गर्न र सफल बनाउन खेलेको महत्त्वपूर्ण भूमिकालाई उजागर गरिन् । उनले स्विस विज्ञहरूले खेतिपाती अर्गानिक्समा प्रदान गरेको प्राविधिक सहायताले खेलेको सकारात्मक प्रभावबारे पनि बताइन् । साथै, उनले परियोजनाको कार्यकाल समाप्त पछि पनि व्यवसायहरूलाई निरन्तर वृद्धि गर्न सेवा प्रदान गर्ने नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यन्त, र उपाय बिजनेस सोलुसन्स जस्ता संस्थासँग सहकार्य गरिरहेको उल्लेख गरिन् ।  

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्सिलेरेटर कार्यक्रम अन्तर्गत महासंघमा स्थापना गरिएको बिजनेस ग्रोथ सेन्टरबारे चर्चा गरे । यो केन्द्रले व्यवसाय विकास सेवाहरू खोज्ने उद्यमहरूलाई प्रत्यक्ष रूपमा समर्थन प्रदान गर्ने, यस्ता पहलहरूमा महासंघ सधै तत्पर रहने र यसले गरेर कोशी प्रदेशमा व्यापार र रोजगारका लागि सकारात्मक प्रभाव पार्ने कुरामा समेत जोड दिए ।

यस कार्यक्रमले आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले कोशी प्रदेशका व्यवसायहरूको वृद्धिलाई बढाउने प्रयासमा खेलेको महत्वपूर्ण भूमिकालाई समेत दर्शाएको छ । लगानीकर्ता सम्मेलनले लगानीका लागि तयार उद्यमहरूलाई लगानीकर्तासँग जोड्ने प्लेटफर्म प्रदान गरेको छ। यस सम्मेलनले व्यवसाय विस्तार र विकासका नयाँ अवसरहरू सिर्जना गर्दै उद्यमशीलता प्रवद्र्धनमा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.